काठमाडौँ – समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार लाजिम्पाटमा आयोजित एक समारोहमा २०७८ सालमा स्थापना भएको गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष डा. चिन्तामणी योगीको सभापतित्व एवं पूर्व मुख्यसचि शंकर वैरागीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापक उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।
पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसापत्रसहित नगद ग्रहण गरेका थिए ।
यसैगरी, नेपाली शिक्षा परिषद् सोह्रखुट्टे काठमाडौंलाई रु ७ लाख, हिन्दू विद्यापीठ नेपाल थली काठमाडौंलाई रु ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्यकेन्द्र थापाथलीलाई ५ लाख, शंखमुल त्रिवेणी धाम आरती समूह शंखमुललाई रु २ लाख प्रदान गरिनुका साथै दुर्गा मन्दिर धर्ना दाङलाई निरन्तर सहयोग गर्ने घोषणा पनि गरिएको थियो ।
कार्यक्रममा सम्मानित भएकी उर्मिला गर्गले स्व तुलसीमेहरको प्रेरणाले समाजसेवामा लागेको बताउँदै यस्ता सम्मानले आफू थप उत्साहित भएको बताइन् ।
यस्तै, पाण्डवेश्वर महादेव मन्दिर धारपानीका अध्यक्ष गणेश अधिकारीले धर्म संस्कृतिको जगेर्नाका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।
पोषणराज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा गुठीका सचिव किरण थापाले संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शंकर बैरागीले नेपालमा गुठीहरुले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै अध्यक्ष डा. योगीले समाज सेवाको भावनाका साथ स्थापना भएको गुठीले धर्म संस्कृतिको रक्षाका लागि सदैव भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
गुठी सञ्चालक समिति सदस्य डा. मिता राणाले सबैलाई धन्यवाद दिँएकी थिइन् ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.