१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन केपी शर्मा ओलीलाई मेयर बालेन शाहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जनतामा भ्रम छर्ने काम नगर्न अनुरोध गरेका हुन् ।

सोमबार बिहान  फेसबुकमा स्टाटस लेख्दै उनले १० लेख्दै उनले १० हजार करोड काण्ड लुकाउन र जनतालाई भुलाउन जनतामा भ्रम नछर्न अनुरोध गरे । ‘आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला,’ उनले भने, ‘हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

मेयर शाहले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्तिसमेत जनाए । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउनु होला केपी ओलीज्यू, झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईँको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईँलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ बालेनले लेखेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ ।’

Comments are closed.