सिक्किम । सिक्किमका पूर्वमन्त्री आरसी पौड्यालको शव भेटिएको छ । पौड्याल बेपत्ता भएको नौ दिनपछि सिलगढी नजिकैको नहरमा उनको शव भेटिएको हो । पौड्याललाई खोज्न सिक्किम सरकारले एसआईटी गठन गरेको थियो ।
मंगलबार सिलगढीको फुलबारीस्थित टिस्टा नहरमा ८० वर्षीय पौड्यालको शव तैरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । शव टिस्टा नदीको माथिल्लो भागबाट बगेको हुनसक्ने आशङ्का गरिएको छ । घडी र कपडाबाट शवको पहिचान गरिएको हो ।
पौड्याल जुलाई ७ देखि पाक्योङ जिल्लास्थित गृहनगर छोटा सिंगतामबाट बेपत्ता भएका थिए । उनको खोजी गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो । पौड्यालको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौड्याल सिक्किम विधान सभामा उपसभामुख थिए । पछि उनी राज्यको वन मन्त्री भए ।
७०/८० को दशकको उत्तरार्द्धमा सिक्किम राज्यको राजनीतिक परिदृश्यमा पौड्याललाई महत्त्वपूर्ण व्यक्तित्व मानिन्थ्यो । उनले राइजिङ सन पार्टी खोलेका थिए । सिक्किमको सांस्कृतिक र सामाजिक गतिशीलताबारे उनमा गहन बुझाइ थियो ।
‘आरसी पौड्यालको असामयिक निधनले म अत्यन्तै दुःखी छु । उनी प्रतिष्ठित वरिष्ठ राजनीतिक नेता थिए । उनले सिक्किम सरकारमा मन्त्रीको रूपमा विभिन्न पदहरूमा सेवा गरेका थिए ।’
पौड्यालको निधनप्रति सिक्किमका मुख्यमन्त्री पीएस तामाङले आरसीप्रति दुःख व्यक्त गर्दै भनेका छन् । एजेन्सी
Trending Now
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
- रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
- ‘हेल्थ जर्नालिस्ट अवार्ड’ नागरिककर्मी पवित्रा सुनारलाई
- Arrest warrant against former Prime Minister of Bangladesh Sheikh Hasina and her daughter
- राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
- US-Iran nuclear talks in Oman
- शेष घले र अमृतरत्नले सय रोपनीमा हाइ इण्ड रिसोर्ट खोल्दै, ६ अर्बमा ६० वटा भिल्ला
Comments are closed.