काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई अभिनन्दन गरिने भएको छ । घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण समेत गरिने बताइएको छ ।
उक्त अभिनन्दन कार्यक्रम नब्बे वटा बिभिन्न साहित्यिक पत्रपत्रिका र साहित्यिक संघसंस्थाहरुको संयोजनमा हुन लागेको समेत नेपाल स्रस्टा समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ ले इ खवर नेटलाई जानकारी दिए ।।
उनका अनुसार रोचक रचना अभिनन्दन ग्रन्थ करिब ८ सय पृष्ठको हुनेछ ।
आगामी भदौ ३ गते नेपाल प्रज्ञा-प्रतिष्ठान,कमलादीमा उक्त कार्यक्रम सम्पन्न गरिने नेपाल स्रस्टा समाजका अध्यक्ष,वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ ले इ खवर नेटलाई जानकारी दिए ।
अग्रज स्रष्टा र साहित्यकारहरुको सम्मान गर्ने स्रस्टा समाजको परम्परा नै रहि आएकोले यहि परम्पराको निरन्तरताको रुपमा यसपाली घिमिरेको अभिनन्दन गर्न लागिएको र उक्त कार्यक्रमको सह-आयोजक भैरव पुरस्कार गुठी रहेको छ।
रामेछाप जिल्लामा वि.सं.१९९८ सालमा जन्मिएका घिमिरे दर्जनौ साहित्यिक कृतिहरुका स्रष्टा हुन् । वि.सं.२०१८ सालदेखि निरन्तर प्रकाशित द्धैमासिक साहित्यिक पत्रिका रचनाका प्रधानसम्पादक तथा प्रकाशक घिमिरे विभिन्न साहित्यिक संघसंस्थामा समेत आबद्ध छन् ।
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार,नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मानहरु प्राप्त गरेका रोचक नेपाल साहित्यिक पत्रकार संघको दुई कार्यकाल सफल अध्यक्ष समेत रहिसकेका छन् ।
Trending Now
- कथादिवस सम्पन्न, रत्न कोजुलाई मैनाली कथा सम्मान र डा. राजेन्द्र विमललाई भानु तुलसी सम्मान
- Israeli forces kill 15 Palestinian doctors: UN
- सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण
- Nepal to send aid to Myanmar earthquake victims
- आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने
- रहेनन् सांसद दीपक बोहरा
- सुरभिकाे १७१ औं आख्यान वाचन सम्पन्न
- नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
- नेपाल-म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने
- हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
Comments are closed.