झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित १८ तले व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् ।
झापाको दमक– ३ दापगाछीमा आइतबार आयोजित समारोहका बीच प्रधानमन्त्री ओलीले कम्प्लेक्सको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत सहभागी थिए ।
दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर टाढाको दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।
Comments are closed.