नेपाल स्रष्टा समाजको आयोजनामा साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति “संस्मरणमा जीवन यात्रा” को लोकार्पण सम्पन्न भएको छ ।
नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले सो कृति सामूहिक लोकार्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार र भावी सन्ततिलाई लेखक बारे जानकारी राख्न सक्ने कृति आएको बताए । कवि हरि अधिकारीले उद्धव सापकोटा लेखनीमा इमानदार भएको आफूले पाएको बताए ।
डा. शेखर कुमार श्रेष्ठले कृतिको सार बताउँदै जन्म कालदेखि वर्तमान समयसम्म कृति कार आइ पुग्दा देखे, भोगेका र गरिएका गतिविधि बारे कृतिले जानकारी दिएको बताए ।
कृतिका स्रष्टा सापकोटाले लेखकीय मन्तब्य राखे साथै उनले सबै प्रति आभार व्यक्त गरे ।
सभाका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले “पुस्तक निकाल्नु भनेको छोराले घर बनाउनु, छोरी मान्छेले सन्तान जन्माउनु जस्तो हुनुपर्ने हो तर वर्तमान समयमा त्यस्तो भएको छैन । साहित्य जस्तो क्षेत्रमा अराजकता र नराम्रा पक्षहरू हाबी भएको भन्दै चिन्ता व्यक्त गरे । उनले “चेक काटेर लेखक बन्नेहरु पनि छन् तर तिनमा सिर्जनशीलता हुँदैन । साहित्य भनेको साधना हो हतार गर्नेहरू साहित्यमा लाग्नु हुँदैन त्यस्तोले त दौडमा भाग लडिनु पर्छ भन्दै संस्मरण लेख्नु भनेको इमान्दारीताको लेखन हो र आफूलाई सार्वजनिक गर्नु हो । कमी कमजोरी नलुकाई लेख्नु हो” भन्दै उद्धव सापकोटा इमानदार लेखकको रूपमा आफूले पाएको बताए ।
स्रष्टाका गुरु लेखनाथ हुमागाँईले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा समाजका सदस्य शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम साहित्यकार एवं समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Trending Now
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
- रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
- ‘हेल्थ जर्नालिस्ट अवार्ड’ नागरिककर्मी पवित्रा सुनारलाई
Comments are closed.