गुल्मी। कवि तुलबहादुर रास्कोटी मगरको प्रथम कृति “आमाको ममता”कविता संग्रह
जुभुङ्ग स्थित सूर्योदय माध्यमिक विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम सहित सार्वजनिक गरिएको छ।
गुल्मीदरबार गाउँपालिका वडा नं.-२, जुभुङ्ग निवासी ७१ वर्षिय कवि रास्कोटीद्वारा रचित उक्त संग्रको विमोचन वरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि दिन पन्थीले गर्नुभएको थियो । कवि तथा गजलकार सुरेश अर्यालको विशिष्ट आतिथ्यता रहेकोे कार्यक्रममा अतिथिहरूले संग्रहका बारेमा आ- आफ्ना धारण व्यक्त गर्नुभएको थियो भने प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगर,वरिष्ठ कवि तथा साहित्यकार दिनेश विक्रम थापा,युवा कवि तथा लेखक बिनोद गौतम लगायत कवि तथा साहित्यकारका अडियो शुभकामना सुनाइनुका साथै वाचन समेत गरिएको थियो
ईन्द्रेणीकी भाईरल गायिका अभिशा सुवेदी,भाईरल कुसल नृत्यकार दिक्षा माच्कोटी कुशल नृत्यकार टहलसिंह (तेन्जो) फुङ्जेली सहित मगर पन्चे बाजा,सोरठी नाच र नवजनविकास युवा परिवार बलिथुमको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन दिएको थियो।
कार्यक्रममा संग्रहका प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगरकी धर्म पत्नी यमकली खड्का मगर ,व्यवस्थापन खर्च सहित रू.५० हजार नगद सौजन्य गर्ने तिलक गाहाकी ममतामयी माता छविकला गाहा लगायत संग्रहको प्रकाशन सहयोगीहरू र विशेष योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रम वरिष्ठ शिक्षक खिमबहादुर थापाको सञ्चालन,सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष गौतमको स्वागत मन्तव्य र कार्याक्रमका संयोजक कमल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।