Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

Editorial Team by Editorial Team
June 16, 2022
in Literature, Nepal
0
पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लमजुङमा पाँचौं खुल््ला मुक्तक प्रतियोगिताको तयारी गरिएको छ प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपालीभाषीहरूले भाग लिनसक्ने छन् ।
उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्य अन्तरङ्गको ३०औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमका साथ आउँदो भदौ २५ गते गरिने भएको छ ।
उक्त प्रतियोगिताका लागि पाँच वटा मुक्तक साउन ५ गतेभित्र आयोजक समितिलाई प्राप्त पठाइसक्नु पर्ने छ ।
प्रतियोगितामा पठाउने पाँच मुक्तक मध्ये राष्ट्रप्रेम, विकृति विसंगति विरुद्ध र शृंङ्गारिक गरी तीन वटा शीर्षक तोकिएको छ भने दुईवटा खुल्ला लेख्न सकिने छ ।
यस्तो नीति प्रतियोगिताको पहिलो शृंखलादेखि नै हो । प्रतियोगिताका अन्य शर्तमा मुक्तक चतुष्पदीय ढाँचामा लेखिएको हुनुपर्दछ भनिएको छ । त्यस्तै मिति नाघेर प्राप्त हुन आएका मुक्तकहरू प्रतियोगितामा समावेश नगराइने सो प्रतियोगिता बारेमा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतियोगितामा पठाइने मुक्तकहरू प्रिति फण्टमा टाईप गरी तोकिएको ढाँचामा इमेल मार्फत 5muktak56@gmail.com मा पठाउनु पर्ने पनि शर्तमा उल््लेख गरिएको छ ।
त्यस्तै, प्रतियोगितामा प्राप्त हुने मुक्तकहरूको सङ्ग्रह ‘‘अनुपम–३’ प्रकाशन गरिने हुँदा सहभागीहरूले आफ्नो जीवन वृत्त अर्थात बायोडाटा,ठेगाना, इमेल, फोन नं नछुटाई, फोटो समेत कोड नम्बर राख्न मिल्ने गरी प्रतियोगी– मुक्तकहरू पठाउनु पर्ने शर्त उल्लेख छ ।
उक्त संयुक्त मुक्तक सङ्ग्रह अर्थात ‘‘अनुपम– ३’ को पुरस्कार वितरण समारोहमा विमोचन गरिने आयोजकको भनाई छ ।
पुरस्कारको हकमा भने यो वर्ष वृद्धि गरिएको छ ।
पहिलो, दोस्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्ने २ जनालाई क्रमशः २० हजार १५ हजार, १० हजार र ५र ५ हजार नगदका साथमा विशेष उपहार र प्रमाणपत्र प्रदान गरिने छ । बाँकी ७ जनालाई पनि विशेष उपहारका साथमा प्रमाणपत्र प्रदान गरिने छ ।
यो वर्षको मूल्यांकनमा विगत भन्दा फरक तरिका अपनाइने भएको छ । विगतका प्रतियोगिताको अनुभवका आधारमा नतिजालाई थप चुस्त, निष्पक्ष र प्रभावकारी बनाउने उद्देश्यले मूल्यांकन पद्धति परिमार्जन गरिएको प्रतियोगिताका संयोजक एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्राप्त मुक्तकहरूको मूल्यांकन दुई चरणमा गरिने छ । पहिलो चरणमा प्राप्त मुक्तकमध्येबाट उत्कृष्ठ २५ को छनौट गरिने छ । दोस्रो चरणमा सर्वोत्कृष्ट १२ को छनौट गरिने छ र ती मुक्तकका रचनाकारहरूलाई पुरस्कार वितरण समारोहमा निम्त्याई वाचनका लागि मौका दिइने छ ।
उत्कृष्ट १२ मा छनौट हुनु हुने मुक्तककारहरूलाई पुरस्कार वितरण कार्यक्रमका अवसरमा लमजुङमा एक रात बास र २ छाक खानाको प्रवन्ध आयोजक समितिका तर्फबाट गरिनेछ ।
हरेक २र२ वर्षमा आयोजना गरिने भएको उक्त खुल्ला मुक्तक प्रतियोगिता विगतका वर्षमा कोरोनाका कारणले सञ्चालन गर्न नसकिएको बताइएको छ ।

 

Advertisement Banner
Previous Post

बालेन र हर्कलाई न एन जे इन्टरटेन्मेन्ट पुरस्कारको घोषणा

Next Post

Global IME And Bank Of Kathmandu Signs Merger MoU

Editorial Team

Editorial Team

Next Post
Global IME And Bank Of Kathmandu Signs Merger MoU

Global IME And Bank Of Kathmandu Signs Merger MoU

Recommended

EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

European Commission raises €8 billion in its 11th transaction since the start of the programme

4 years ago
Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Monetary policy cautiously flexible: Nepal Rastra Bank

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.