काठमाडौँ — स्रष्टा भुवन मास्के ‘मुस्कान’ को संस्मरणसंग्रह ‘समय र अनुभूति’ लोकार्पण गरिएको छ । बासु शशी स्मृति परिषद्को आयोजनामा अनामनगर, काठमाडौँमा शुक्रबार सो कृतिको लोकार्पण गरिएको हो ।
सभाध्यक्ष वरिष्ठ सहित्यकार हिरण्यकुमारी पाठक, प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरे ।
कृति लोकार्पणपछि बोल्दै प्रमुख अतिथि डा. घिमिरेले बासु शशीको स्मरण गरे । तीसको दशकमा शशीले नयाँ लेखक र युवालाई प्रोत्साहन दिने गरेको स्मरण गर्दै उनले अहिले बासु शशी स्मृति परिषद्ले पनि सोही काम गरेको भन्दै प्रशंसा गरे । मुस्कानको यो कृति पठनीय भएको भन्दै डा. घिमिरेले निरन्तर लेखनको कामना गरे । ‘भाङ खाइसक्नु भएको छ, नसा लागिसकेको छ, अब निरन्तर लेख्दै जानुहोस्’ उनले भने ।
कृतिको बृहत् समीक्षा गर्दै नेपाल स्रष्टा समाजका अध्यक्ष रोदनले कृतिमा १८ वटा संस्मरण रहेको जानकारी दिए । मामा वरिष्ठ गायक प्रेमध्वज प्रधानको बारेमा मात्रै चार वटा संस्मरण रहेको पनि उनले सुनाए । प्रेमध्वज प्रधानले बम्बईमा पहिलो पटक गएर एकै दिन १० वटा गीत गाएको, नेपाली गीतमा मादलको पहिलो पटक प्रयोग गरेको, सो देखेर वरिष्ठ संगीतकार आर.डि. बर्मनले पनि मादलको प्रयोग गरेको जस्ता सूचना संस्मरणमा रहेको उनको भनाइ छ । कृतिमा नयाँ सूचनाहरु, प्रमेध्वज प्रधानको वैयक्तिक चिनारी, स्रष्टा, व्यवसायी, परिवारका सदस्यहरुको जीवन भोगाइ आदि संस्मरणमा समेटिएको उनले बताए । यो कृतिले जानकारी र उत्प्रेरणा प्राप्त हुने उनको भनाइ छ ।
लेखकलाई शुभकामना दिँदै साहित्यिक पत्रकार संघका अध्यक्ष लेकालीले सजीव पत्रको उपस्थितिले कार्यक्रम सफल भएको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखक भूवन मास्के मुस्कानले मामा प्रेमध्वज प्रधानसहितका अग्रजहरुको उत्प्रेरणा, हौसला र साथले कृतिकार बन्न पाएको उल्लेख गरिन् । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै उनले प्राप्त शुभकामनाले भविष्यमा अझ लेख्ने प्रेरणा प्राप्त भएको बताइन् ।
कार्यक्रमलाई समापन गर्दै वरिष्ठ साहित्यकार पाठकले कृतिकारलाई शुभकामना दिइन् । उनले सरल भाषामा पढौंपढौँ लाग्ने कृति भएको भन्दै प्रशंसा गरिन् ।
कार्यक्रमलाई साहित्यकार मुरारी सिग्देलले सञ्चालन गरे भने अ
Trending Now
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
- स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने
- सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
- अर्यालको ‘ए मायालु’ सार्वजनिक
Comments are closed.