काठमाडौं – नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार -२०८१ सालमा नवप्रज्ञापन पत्रिकालाई अर्पण गरिने घोषणा गरिएको छ।
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोष समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा २०८१ चैत्र २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
स्वाभिमान वस्ती जीतपुर बारा मधेश प्रदेश कार्यालय रहेको ‘नवप्रज्ञापन’ नवराज रिजालको सम्पादन र प्रकाशनमा ३२ वर्षअघिदेखि प्रकाशित हुँदै आइरहेको छ।
२०५० साल श्रावण महिनादेखि नियमित प्रकाशित हुँदै आइरहेको नवप्रज्ञापन ले २०७७ सालमा प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरिसकेको छ।
आउँदो चैत्र २२ गते विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरिने नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कारमा नगद राशि रु २५ हजार रहेको छ।
यसअघि पुरस्कार ‘रचना’का सम्पादक रोचक घिमिरे, ‘दायित्व’का सम्पादक रामप्रसाद पन्त र ‘जूही’का सम्पादक चूडामणि रेग्मीले प्राप्त गरिसक्नु भएको छ।
Trending Now
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
- स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने
- सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
- अर्यालको ‘ए मायालु’ सार्वजनिक