Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित

Editorial Team by Editorial Team
June 23, 2022
in Book Releases, Nepal
0
हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश गुरुङद्वारा लिखित ‘हर्कजङ गुरुङ, बहीदार बा’ पुस्तक लोकार्पण

पोखरा, कास्की जिल्लाको ताङतिङ क्षेत्रका समाजसेवी हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित भएको छ ।
शिक्षासेवी प्रकाश गुरुङले लेखेको पुस्तक सोमबार पोखरामा लोकापर्ण गरिएको छ । २०५२ सालमा ७० वर्षको उमेरमा बितेका समाजसेवी हर्कजङको सत्ताइसौं स्मृति दिवसमा ताङतिङ दुधपोखरी समाजले आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
समाजसेवी गुरुङले ताङतिङमा हिमालय मिलन मावि स्थापना गर्न, गाउँमा चिठीपत्र पढेर गाउँलेलाई सघाउन, पोखरामा ताङतिङ दूधपोखरी समाज स्थापना गर्न, गाउँमा खानेपानीको व्यवस्थापन, पुलपुलेसा निर्माण र बाटो निर्माणमा खेलेको भूमिकाको चर्चा गरिएको छ ।
जनबोलीमा ‘बहीदार बा’ र ‘प्रधान बा’ का रूपमा सम्मानित थिए हर्कजङ। उनी दुई दशक जति तत्कालीन नामार्जुङ देउराली गाउँ पञ्चायत (हालको मादी गाउँपालिका वडा नं २)को प्रधानपञ्च बनेका थिए । यसरी नेतृत्वमा पुगेका बेला उनले जनमुखी काम गरेर स्याबासी पाएका थिए ।
समग्रमा यो पुस्तक प्रेरणादायी दस्तावेज बनेको विमोचन कार्यक्रममा टिप्पणी गरिएको छ। ‘गाउँको विकासमा योगदान पु¥याउने यस्ता असल मान्छेको विषयमा पुस्तक लेख्नु राम्रो काम हो’, कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले भने, ‘हर्कजङको जीवनकथा पढ्दा समाजका लागि सत्कर्म गर्न प्रेरणा मिल्छ।’
पुस्तकको प्रकाशन स्व. हर्कजङ गुरुङका सुपुत्रा क्याप्टेन गौबहादुर गुरुङ (एमविई) हुन्। कार्यक्रममा उनले बेलायतबाट पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो। ‘समाजका लागि बाँच्नेहरू अमर हुन्छन्’, पुस्तकको टिप्पणी गर्दै पत्रकार अमृत भादगाउँलेले भने, ‘बितिसकेका मान्छेको योगदान खोजविन गरी पुस्तक लेख्नु चानचुने काम होइन। त्यसैले लेखकलाई धन्यवाद छ!’
समाजका अध्यक्ष वीरध्वज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण केसी, समाजसेवी क्याप्टेन पूर्णबहादुर लामा, बहीदार बाकी छोरी खासामाया गुरुङ, छोरा हिराजङ गुरुङ र शिक्षिका कुमारी गुरुङले स्व. हर्कजङको योगदानको चर्चा गरेका थिए।

बहीदार बाका सन्तानले बाबाको नाउँमा समाजसेवीलाई बर्सेनि सम्मान गर्न अक्षयकोष राखेका छन्। हिमालय मिलन माविमा उत्कृष्ट शिक्षक, मादी गाउँपालिका वडा नं २ कार्यालयमा आदर्श नागरिक पुरस्कार र ताङतिङ दुधपोखरी समाजमा समाजसेवी पुरस्कार स्थापना गरेका छन्।
यसपालि ताङतिङ दुधपोखरी समाजका तीन जना समाजसेवी स्व. श्रवण सिंह गुरुङ, श्रीप्रसाद गुरुङ र विरमाया गुरुङलाई सम्मान गरियो। यसअघि ‘ताङतिङ मेरो गाउँ’ पुस्तकबाट चर्चित बनेका शिक्षासेवी प्रकाशले ‘बहीदार बा’ पुस्तकपछि लाहुरे संस्कृतिमा आधारित अर्को पुस्तक लेख्ने योजना रहेको बताए ।

 

Advertisement Banner
Previous Post

“महाकवि देवकोटा पुरस्कार २०७८”

Next Post

Nepali Football team has dropped 8 positions in latest FIFA Ranking

Editorial Team

Editorial Team

Next Post
Nepali Football team has dropped 8 positions in latest FIFA Ranking

Nepali Football team has dropped 8 positions in latest FIFA Ranking

Recommended

IMF considering Sri Lanka’s request for $200 Million in rapid assistance after cyclone damage

IMF considering Sri Lanka’s request for $200 Million in rapid assistance after cyclone damage

4 months ago
South Korean President expresses his commitment to continue efforts to normalise relations with North Korea

South Korean President expresses his commitment to continue efforts to normalise relations with North Korea

2 months ago

Don't Miss

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

Government led by Prime Minister Balen Shah unveiled a draft of a “national commitment” document

April 14, 2026
US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

April 14, 2026
New Year a day of new resolution: President Paudel

New Year a day of new resolution: President Paudel

April 14, 2026
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.