Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक

Editorial Team by Editorial Team
July 5, 2022
in Book Releases, Uncategorized
0
होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले     ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक गरेका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो ।

हलेसी गढीको इतिहासलाई अभिलेखीकरण एवं संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरणका लागि इतिहास खोतलेर पुस्तक र भिडियो वृत्तचित्रमा संग्रहित गरिएको हलेसी गढी संरक्षण कार्यदलका संयोजक भूपेन्द्रकुमार राईले बताए ।

पुस्तक नेपाली, चाम्लिङ र अंग्रेजी भाषामा लेखिएको छ । कार्यदलले दिएको जिम्मेवारी अनुसार मुन्दुम अध्ययन–अनुसन्धाता भोगीराज चाम्लिङले इतिहासकार, विज्ञ, लेखक, संस्कृतिविद र गढीका इतिहास जानकार स्थानीयसँगको अध्ययन र कुराकानीका आधारमा ‘होलैसुङ र हलेसी गढी’को दस्ताबेजीकरण गरेका हुन् । भिडियो वृत्तचित्र भने पत्रकार दिपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।

हलेसी गढीको ऐतिहासिक पुस्तक तथा वृत्तचित्रले भविष्यमा गढीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‘ऐतिहासिक हलेसी गढीको इतिहास, कथा–कहानी हाम्रा पुर्खाले भन्दै गए, सन्ततिले सुन्दै आए । स्मृतिका कुरा पुस्तान्तरणसँगै क्रमशः विस्मृत हुँदै गएका छन् । गढीमा रहेका पुर्खाको चिनो, पुरातात्विक महत्वका विभिन्न भौतिक पहिचान हराउँदै नासिँदै गइरहेका छन्,’ कार्यदलका संयोजक राईले भने, ‘गढीको अस्तित्व जोगाएर यसैबाट आत्मकसम्मान र आयश्रोत प्राप्ति गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने नैतिक दायित्व र जिम्मेवारीबोध गरिएको हो । यसबाट इतिहास, संस्कृति र गढीलाई पर्यटनसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

कवि तथा गीतकार भुपाल राई, किरात राई यायोक्खाका पुर्वअध्यक्ष एबं संस्कृतिकर्मी चतुभक्त राई, डा। धनप्रसाद सुवेदी, डा। भक्त राई, लेखक चन्द्रकुमार राई हतुवाली, संस्कृतिकर्मी शालिक सताशक, दलका नेता, वडाध्यक्ष लगायतको उपस्थितिमा ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो ।

हलेसी गढीको संरक्षण र संवद्र्धनका लागि नगरपालिकाकै पहलमा २१ असार २०७८ मा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तरगत दुर्छिमको छापडाँडा भन्दा केही माथि र रावाचुङगढी नजिकै रहेको हलेसीगढी पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य एबं ऐतिहासिक अध्ययनको केन्द्रकारुपमा विकास हुँदै गएको छ ।

सल्लाघारीले ढाकेको हलेसीगढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोके पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।

Advertisement Banner
Previous Post

देशभक्त सिंह एकैदिन १२ वटा उपाधिका कारण आलोचित

Next Post

फिल्म तथा टीभी स्कुलको उद्घाटन राजेश हमाल र नीति शाह गरे

Editorial Team

Editorial Team

Next Post
फिल्म तथा टीभी स्कुलको उद्घाटन राजेश हमाल र नीति शाह गरे

फिल्म तथा टीभी स्कुलको उद्घाटन राजेश हमाल र नीति शाह गरे

Recommended

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

8 months ago
Government of Nepal and World Bank Sign Agreement of $18 Million for Nepal’s COVID-19 health response including vaccines

Government of Nepal and World Bank Sign Agreement of $18 Million for Nepal’s COVID-19 health response including vaccines

5 years ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.