Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘चोभार ब्लुज’को लोकार्पण

Editorial Team by Editorial Team
July 9, 2022
in Book Releases, Literature
0
‘चोभार ब्लुज’को लोकार्पण
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

बिक्रमभक्त जोशीकृति कथासङ्ग्र ‘चोभार ब्लुज’को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो ।

जोशीका कथाहरुले यात्रालाई पृष्ठभूमि बनाएको प्रशंग उप्काउँदै माया ठकुरीले भन्नु भयो, ‘बिक्रम भाइ यात्राहरुमा निस्किरहनु हुन्थ्यो । म कहिलेकहीँ बुहारीलाई जिस्काउँथे पनि । तर उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनु भयो । उहाँ त यात्रामा त कथा टिप्न पो जानु हुँदो रहेछ ।’

पुस्तकका प्रकाशक तथा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला सभापति रहेको कार्यक्रममा लेखकका पिता प्रभु भक्त जोशी विशेष अतिथिको भूमिकामा उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै जोशीका कथाहरुले कसैले नभनेका, देखेर पनि वास्ता नगरेका चोभारको कथा लेखेको महेश पौड्यालले बताए । उनले भने, ‘चोभारको बाटो भएर म पनि धेरैपटक हिँडेको छु । तर फेरि हिँड्दा म पहिले जस्तो हिँड्ने छैन । चोभार ब्लुजका कथाहरुले मलाई मोड मोडमा उभ्याउने छन् ।’

त्यस्तै अर्का समीक्षक राजकुमार बानियाँले भने, ‘कथाहरु राम्रा त छँदै छन्, साथै यदि कसैले सामान्य नेवारी भाषा सिक्नु छ भने पनि यो पुस्तक पढ्दा राम्रो हुन्छ । दोहोरो फाइदा हुन्छ ।’

समारोहको सुरुवातमै वीरेन्द्र हमाल निर्देशित लघुनाटक मञ्चन गरिएको थियो । चोभार ब्लुजमै भएका कथाको नाट्य रुपान्तरणसमेत विरेन्द्र हमालले नै गरेका हुन् । नाटकमा हमालका १८ जना विद्यार्थीहरुले अभिनय भरेका थिए भने चार जनाले प्रविधिक पक्षबाट सहयोग गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माया ठकुरी, विशेष अतिथि प्रभु भक्त जोशी तथा नाटक निर्देशक वीरेन्द्र हमाललाई लेखक र प्रकाशकका तर्फबाट दोसल्लाका साथमा सम्मानपत्र हस्तान्तरण गरिएको थियो भने अन्य अतिथिहरुका साथै नाटक मञ्चमा संलग्न १८ जना कलाकार र ४ जना प्राविधिकलाई स्मृतिचिन्ह वितरणसमेत गरिएको थियो ।

लेखककी छोरी नितिशा जोशी स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए ।

निकथासङ्ग्रह ‘चोभार ब्लुज’ इन्जिनियर बिक्रम भक्त जोशीको पहिलो कृति हो । बैंकरसमेत रहेका जोशी केही समययता व्यवसायिक कार्य छाडेर साहित्य साधनामा लागेका छन् । जोशीका कथाभित्र वाग्मती सभ्यताका कुराहरु छन् । वाग्मती सभ्यताको केन्द्रमा रहेको काठमाडौँको आञ्चलिकता छ । नेवारी जनजीवन, सभ्यताका अंश छन् र आधुनिकता पसेसँगै काठमाडौँले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन् ।

Advertisement Banner
Previous Post

श्रवण मुकारूङलाई महालक्ष्मी साहित्य पुरस्कार

Next Post

टीकाराम प्रधान र निलिफा सुब्बालाई फोनिज यूके पत्रकारिता पुरस्कार

Editorial Team

Editorial Team

Next Post
टीकाराम प्रधान र निलिफा सुब्बालाई फोनिज यूके पत्रकारिता पुरस्कार

टीकाराम प्रधान र निलिफा सुब्बालाई फोनिज यूके पत्रकारिता पुरस्कार

Recommended

Daramkhola hydropower project begins power production

Nepal’s hydropower sector has gained renewed momentum

8 months ago
NRNA General Secretary Lama introduced a model of membership decentralization and transparency

NRNA General Secretary Lama introduced a model of membership decentralization and transparency

8 months ago

Don't Miss

Nepal : Muslim Commission’s annual report presented to President

Nepal : Muslim Commission’s annual report presented to President

August 10, 2026
Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

August 10, 2026
PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

August 10, 2026
एकै दिन भारत र चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन शाह

Opposition protests PM Balen’s remarks on Nepal ‘encroaching’ on Indian territory

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.