Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘वाम्बुले राईको कुयामो खाउमो’ पुस्तक लोकार्पण

Editorial Team by Editorial Team
July 9, 2022
in Book Releases, Literature
0
‘वाम्बुले राईको कुयामो खाउमो’ पुस्तक लोकार्पण
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगा — ‘वाम्बुले राईको कुयामो खाउमो’ (चौतारासहित) पुस्तक सार्वजनिक भएको छ । किरात वाम्बुले राई जातिको मृत्यु संस्कार मुन्दुमलाई लिएर स्थलगत अध्ययनका आधारमा पुस्तक प्रकाशन गरिएको हो ।

मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्रचन राई, पूर्वअध्यक्ष मोतीराज राईलगायतले पुस्तक सार्वजनिक गरेका हुन् । गणेश राई, शुभराज राई (काजी), दीपकबहादुर राई, रामकुमार राई, कुम्भराज राई र जन्ताराम राईले मानेभन्ज्याङ–६ सोक्मटारमा अध्ययन तथा लेखन कार्य गरेका हुन् ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार वाम्बुले राई भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । पुस्तकमा वाम्बुले राई समुदायभित्र कुनै एक परिवारको सदस्यको मृत्युपछि अन्तिम पटक ३ दिन ३ रात गरिने संस्कार ‘कुयामो खाउमो’बारे चर्चा रहेको छ । घरको मुख्य व्यक्तिको निधनमा दोबाटोमा चौतारो बनाइदिने परम्परा रहेको छ । त्यही चिनोचौतारोसँग गरिने संस्कार ‘कुयामो खाउमो’को परिचय, पहिलो दिन गरिने मुन्दुम विधि, कुलपुजारीले फलाक्ने मुन्दुमका रिसियाहरू समेटिएका छन् । दोस्रो दिन धनुवाणले राागा र सुँगुरलाई बलि दिने चलन छ । मासुमंस काँचो पूजा र पाकेपछि पितृलाई चढाउने रीतहरू रहेका छन् ।

खाउमो गर्दा आयोजक मूलघर पक्ष र मुख्यचेली (मुलदानी)को भूमिकाबारे उल्लेख गरिएको छ । तेस्रो दिन र रातमा गाइने गीत र तेस्रो दिन बिदाइको बेला गाइने लौलौ भाका समेटिएका छन् । मुन्दुम संस्कार परम्पराबारे पुराना पुस्ता र नयाँ पुस्तालाई लिएर अन्तर्वार्ता समेटिएका छन् । त्यसैगरी फोटोसमेत समेटिएका छन् । मानेभन्ज्याङ गाउँपालिकाको सहयोगमा गरिएको स्थलगत अध्ययन कृतिको प्रकाशन इक लिब्जु–भुम्जु साहित्यिक त्रैमासिकले गरेको हो ।

Advertisement Banner
Previous Post

टीकाराम प्रधान र निलिफा सुब्बालाई फोनिज यूके पत्रकारिता पुरस्कार

Next Post

चन्द्रमा कब्जा गर्न चाहन्छ चीन-नासाको आरोप

Editorial Team

Editorial Team

Next Post
चन्द्रमा कब्जा गर्न चाहन्छ चीन-नासाको आरोप

चन्द्रमा कब्जा गर्न चाहन्छ चीन-नासाको आरोप

Recommended

Sri Lankan PM Harini Amarasuriya Calls for Stronger Trade, Investment and Tourism Ties with India

Sri Lankan PM Harini Amarasuriya Calls for Stronger Trade, Investment and Tourism Ties with India

6 months ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Supports Disaster-Resilient Road Development in Indonesia’s Southern Java

9 months ago

Don't Miss

China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.