Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

रेखा यादवका कविता कृतिहरु लोकार्पण

Editorial Team by Editorial Team
July 16, 2022
in Book Releases, Literature
0
रेखा यादवका कविता कृतिहरु लोकार्पण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।

कवि तथा उपन्यासकार रेखा यादवका हिन्दीमा लेखिएका कविताकृति “धीरे से” र त्यसको नेपाली अनुवाद “सुस्तरी”को आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालगायत विभिन्न सर्जकहरूले कृतिको लोकार्पण गर्नुभएको थियो। कार्यक्रम साहित्यिक पत्रकार सङ्घको आयोजनामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री यादवले समाज परिवर्तनमा साहित्यको महत्त्वपूर्ण योगदान रहँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “रेखा यादवको लेखनीले उनी सशक्त सर्जक भएको पुष्टि गर्छ ।” उहाँले रेखा यादवले आफ्ना साहित्यिक रचना समाज परिवर्तनको उद्देश्य राखेर लेख्नुपर्नेमा जोड दिनुभयो। पुस्तकको समीक्षा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले सुस्तरीमा प्रेम पीडासँग सम्बन्धित कविताहरू रहेको बताउनुभयो। “तर यसमा प्रेमलाई व्यापक अर्थमा प्रयोग गरिएको छ, यो प्रेम केवल महिला र पुरुषबीचको यौनिक प्रेम होइन,” उहाँले भन्नुभयो। प्रसिद्ध नियात्राकार तथा पुस्तकका प्रकाशक डा. दामोदर पुडासैनी “किशोर”ले पुस्तकमा रहेका कविताहरूले आफूलाई अत्यन्त प्रभाव पारेको बताउँदै यसले रेखा यादवलाई कविको रूपमा स्थापित गर्ने छ भन्नुभयो। अर्का समीक्षक विनोद विश्वकर्माले सुस्तरी र धीरे से कवितासङ्ग्रहले रेखा यादवलाई कविको रूपमा स्थापित गर्ने धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षको आसनबाट साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले केही दिनअघि मात्र संघको आयोजनामा रेखा यादवको उपन्यास “आत्मजा”को अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको स्मरण गर्दै रेखाको साहित्यिक यात्राका लागि शुभकामना दिनुभयो। उहाँले संघले गर्दै आएका विभिन्न गतिविधिहरूबारे पनि विस्तृत रूपमा प्रकाश पार्नुभयो। कार्यक्रममा कवि रेखा यादवललाई अप्सन नेपालका तर्फबाट सल्लाहकार प्रभातसिंह प्रधान र अध्यक्ष भोलाप्रसाद लोहनी, अन्तर्राष्ट्रिय साहित्यिक प्रतिष्ठान नेपालका उपाध्यक्ष विनोद विश्वकर्मा र डिल्लीराम शर्मा सङ्ग्रौला तथा गैरभौगोलिक विशेष प्रदेश तराई मधेस सम्पर्क समितिका अध्यक्ष इन्जिनियर विन्देश्वरप्रसाद यादव र कोषाध्यक्ष ललित मण्डलले सम्मानपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा कवि रेखा यादवले आफ्ना पिताको स्मरण गर्दै आफू अहिलेको स्थितिसम्म आउनुमा पिताको भूमिका अत्यन्त प्रेरणादायक रहेको बताउनुभयो। कार्यक्रममा कविकी माता रत्नदेवी यादवलाई आयोजक संस्थाका तर्फबाट सम्मान गरिएको थियो। मन्जिला अनिलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गायिका कमला रिसालले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र समीक्षकहरूलाई मायाकाे चिनो पनि प्रदान गरिएको थियो। कार्यक्रममा गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल पत्रकार संघका अध्यक्ष मन्जुरत्न शाक्य, जे बि फाउन्डेसनका अध्यक्ष जगदीशलाल बैद्य, प्रा. डिल्लीराम शर्मा, समाजसेवी मेघनाथ शर्मा, साहित्यकारहरु युवराज नयाँघरे, दिव्य गिरी, मोमिन खान, इम्तियाज वफा, ममता मृदुल, रामकुमार पण्डित, जीवन संघर्ष, शंकर भारती, कल्पना खरेल, कन्चना झा, अंशु झा, उषा के. सी., प्राज्ञ वीणा सिन्हा, रुद्र अधिकारी, ज्ञान्दरी कैनी, मनिला वन्त, राजकुमार थापा, शिव अधिकारी, रत्नलक्ष्मी श्रेष्ठ, रविन्द्र आशिषलगायतको उपस्थिति रहेको थियो ।

 

Advertisement Banner
Previous Post

मृत अवस्थामा फेला

Next Post

चट्याङ लागेर दुई जनाको मृत्यु 

Editorial Team

Editorial Team

Next Post
चट्याङ लागेर दुई जनाको मृत्यु 

चट्याङ लागेर दुई जनाको मृत्यु 

Recommended

Nepal: Bhairahawa Customs collects Rs 50.88 billion in revenue

Nepal: Bhairahawa Customs collects Rs 50.88 billion in revenue

4 weeks ago
Road Board Nepal begun preparations to install digital toll gates on 22 national highways

Nepali joint venture secures USD 20 million MCC road contract

2 months ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.