काभ्रे, साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘अक्षरका स्वरुप’ मुक्तक संग्रह र ‘स्मृतिको आँखीझ्यालबाट’ नामक संस्मरणात्मक निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ । आफ्नो जन्मदिनको अवसर पारेर उनले ती दुई कृतिको विमोचन बिद्यार्थीहरूको हातबाट एक कार्यक्रम बीच गराएका हुन ।
लोकार्पण गरिएका दुई कृतिमध्ये अक्षरका स्वरुपभित्र विविध भाव झल्कने सयओटा मुक्तकहरू सङ्ग्रहित छन् । चोटिला मुक्तक लेख्न सीपालु लाकोजूका यस अघि भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू, स्वर्णिम धुन गरी चारओटा मुक्तकका पुस्तक प्रकाशित छ्न । पुस्तकमा देशप्रेम, समाजमा रहेका विकृति विरुद्द असन्तोष, प्रेमप्रणयका सन्दर्भ, राजनैतिक वेथिति जस्ता बिषय मुक्तककारले उठाएका छन । लाकोजूको अर्को विमोचित पुस्तक ‘स्मृतिको आँखीझ्यालबाट’ लेखकको बाल्यावस्थाको संस्मरण हो । निजी अनुभूतिमा साहित्यको लेप लगाएर सामान्य पाठकले पनि बुझ्ने गरी तयार पारिएका निबन्धहरूको सङ्गालो ‘स्मृतिको आँखिझ्यालबाट’ निबन्धसंग्रह स्कुले छात्रछात्रादेखि कलेज तहका विद्यार्थीहरु, सामान्यदेखि विशिष्ट खालका पाठकहरु लगायत अनुसन्धाताका लागि समेत खुराक पस्कन सक्ने खालका छन् ।
करिब तीन दर्जन कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद कथा जस्ता विधामा कलम चलाउँदै आएका छन् । लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत कृयाशिल रहँदै आएका छन् ।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.