Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

नेपाली कविहरूले बङ्गलादेशमा मनाए विश्व कविता दिवस

himalaya Diary News Service by himalaya Diary News Service
March 20, 2022
in Author, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
नेपाली कविहरूले बङ्गलादेशमा मनाए विश्व कविता दिवस
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter
ढाका, बङ्गलादेश , ५ चैत्र,  नेपाली तीनजना कवि तथा लेखकहरूले बङ्गलादेशको राजधानी ढाकामा विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी भएर आफ्ना कवितावाचन गर्नुका साथै भाषासाहित्य तथा आपसी सांस्कृतिक सम्बन्धका बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेका छन् । कवि तथा निबन्धकार भीष्म उप्रेती, कवि सुमन वर्षा र कवि तथा निबन्धकार रञ्जना निरौला बङ्गलादेश भ्रमण छन् ।

विश्व कविता दिवसका अवसरमा ढाकामा आयोजित दुईवटा कार्यक्रमहरूमा उप्रेती, वर्षा र निरौलाले आफ्ना प्रस्तुतिहरू दिएका छन् । मार्च १८ मा विश्व साहित्य केन्द्र ढाकामा आयोजित कार्यक्रममा बङ्गलादेशका लब्ध प्रतिष्ठित तथा वरिष्ठ कवि, साहित्यकार असद चौधरी, बाङ्ला एकेडेमीका डाइरेन्टर जनरल तथा बरिष्ठ कवि मुहम्मद नुरुल हुदा तथा बरिष्ठ कवि तथा गीतकार जहिदुल हक, कविहरू अमिनूर रहमान, सकिर लोहनी, आयसा चौधरी, सुमन सिद्धिकी, रियाज अहमद, मिर अक्रम उद्दिन, कवि तथा पत्रकार रियाज अहमद, कवि मुस्तफा कमल पास्ता, सोहाग सिद्धिकी लगायत ३० जना सहित्यकारहरूको उपस्थितिमा नेपाली साहित्यकार भीष्म उप्रेती, सुमन वर्षा र रञ्जना निरौलाले साहित्यको माध्यमबाट सहकार्य गर्न सकिने र मित्रताको अभिवृद्धि गर्न सकिने सम्भावनाहरूको बारेमा आफ्ना विचार प्रस्तुत गर्दै कविताहरू वाचन गरेका थिए । साँझ पाँच बजे शुरु भएको कार्यक्रम राति ९ बजे शुरु भएको रात्रीभोजपछि समापन गएको थियो ।
यसैगरी, १९ मार्च २०२२ कारितास बङ्गलादेशको सभाकक्षमा पूर्वपश्चिम साहित्यिक पत्रिकाको आयोजनामा विश्व कविता दिवसको सन्दर्भ तथा नेपाली कविहरूको सम्मानमा अर्को कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रसिद्ध बाङ्ला कविहरू असद चौधरी, असद मम्मान, जहिदुल हकका साथै समकालीन कविहरू सेजुति बरुवा, मूम रहमान, कमरुल हसन, उज्जल चौधरी, जोयदीप डे, मुज्तोबा अहमद मर्सेद, शाम्स अल मोमिन, फारुख सुमोन, सकिरा परविन, सामे इस्लाम नीला, जोब्बर नयमि, तमिना सिल्पी लगायत २७ जना बङ्गलादेशी कविहरूले रचना वाचन गरेका थिए भने नेपाली कविहरू भीष्म उप्रेती, सुमन वर्षा र रञ्जना निरौलाले मन्तव्य तथा कविता पाठ गरेका थिए । ३ घन्टाभन्दा बढी समयसम्म सञ्चालित उक्त कार्यक्रम रात्रीभोजपछि समाप्त भएको थियो ।
Advertisement Banner
Previous Post

ADB Director General Reaffirms Strong Support for Nepal’s Development Agenda and Pandemic Recovery

Next Post

Brain regions related to smell show decline following mild COVID-19

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Brain regions related to smell show decline following mild COVID-19

Brain regions related to smell show decline following mild COVID-19

Recommended

17th General Assembly of the African Union of Broadcasting (AUB) & 20th Anniversary of the Union (14-17 April 2026 in Banjul, The Gambia)

17th General Assembly of the African Union of Broadcasting (AUB) & 20th Anniversary of the Union (14-17 April 2026 in Banjul, The Gambia)

7 months ago
COVID-19 Pandemic Leads to Innovations in Education in Saudi Arabia

COVID-19 Pandemic Leads to Innovations in Education in Saudi Arabia

5 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.