Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित

himalaya Diary News Service by himalaya Diary News Service
November 20, 2025
in Book Releases, Kathmandu, Literary Festival & Event, Literature
0
साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साहित्यिक पत्रकार संघ (सापस) द्वारा आयाेजित कवि किशनसिंह धामीद्वारा लिखित कविता सङ्ग्रह ‘सम्बोधनमा छ‍‍ोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’को लोकार्पण सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति साहित्यकार विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोह साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमबारे विशेष जानकारी दिंदै सभापति लेकालीले आमन्त्रित अतिथिहरूको स्वागत गर्दै साहित्यकार किशनसिंह धामीको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथि विष्णुविभू घिमिरेले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा समालोचक डा. हिरण्यलाल ज्ञवालीले लेख्नु भएको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’बारे वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षात्मक मन्तव्य राख्दै ज्ञवालीले कृतिका माध्यमबाट किशनसिंह धामीको कवितायात्राबारे प्रकाश पार्नुभएको बताउनुभयो ।

कवि किशनसिंह धामीको कविताकृति “सम्बोधनमा छोरी”बारे वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले समीक्षात्मक मन्तव्य राख्दै छोरी हुनेहरू सबैले कृति एकपटक पढ्नैपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि विष्णुविभू घिमिरेले लेखक र कविद्वयप्रति शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा समयान्तर हिसाबले विभिन्न विधाले फड्काे मार्दै तीव्रगतिले अघि बढिरहेकाेमा प्रसन्नता प्रकट गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा विशेष अतिथिहररू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, समालोचक डा. हिरण्यलाल ज्ञवाली लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

कवि सन्ध्या पहाडीले कवि धामीको लोकार्पित कृति “सम्बोधनमा छोरी” कृतिबाट कविता वाचन गर्नुभएको सो कार्यक्रमको संचालन साहित्यकार मुरारी सिग्देलले गर्नुभएको थियो ।

कार्यक्रममा तारा-किशन फाउन्डेसन, न्यूयोर्क, अमेरिकाको सहकार्य रहेको थियो । कार्यक्रममा प्रा. डा. गोविन्दमानसिंह कार्की, पवन आलोक, शंकर भारती, विमल भौकाजी, जयदेव भट्टराई, गोपीकृष्ण ढुंगाना, तुलसीहरि कोइराला, गणेश घिमिरे (अस्ट्रेलिया), डा. काशीराज पाण्डे, प्रदीप सापकोटा, ध्रुवराज पुरुष, रन्जना निरौला, नीता श्रेष्ठ, उषा के. सी., रितु कँडेल, रमेश दाहाल, टीकाराम आचार्य, विशाल पहाडी, डा. बोधराज पौडेल, यशोदा अधिकारी, डिल्लीरमण सुवेदी, जीवनकुमार श्रेष्ठ, कपिल ज्ञवाली, रामसिंह विष्ट, बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

MIT researchers use CT scans to unravel mysteries of early metal production

Next Post

Home Minister Om Prakash Aryal says holding the elections to the House of Representatives (HoR) in a peaceful manner in the slated date is the key responsibility of the government

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Home Minister Om Prakash Aryal says holding the elections to the House of Representatives (HoR) in a peaceful manner in the slated date is the key responsibility of the government

Home Minister Om Prakash Aryal says holding the elections to the House of Representatives (HoR) in a peaceful manner in the slated date is the key responsibility of the government

Recommended

Nepal authorities deploy security forces to clear garbage from Kathmandu

Nepal authorities deploy security forces to clear garbage from Kathmandu

4 years ago
G20 economies show restraint in use of trade restrictions amidst ongoing instability

G20 economies show restraint in use of trade restrictions amidst ongoing instability

4 years ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.