Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

साहित्यकार भुवनहरि सिग्देलको ‘मनस्विनी’ विमोचित

Editorial Team by Editorial Team
November 23, 2025
in Book Releases, Literature, Nepal, News
0
साहित्यकार भुवनहरि सिग्देलको ‘मनस्विनी’ विमोचित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास ‘मनस्विनी’ औपचारिक रूपमा सार्वजनिक भएको छ। प्रकाशक पेज टर्नरले शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको विशेष समारोहमा उपन्यासकार सिग्देल तथा समालोचक डा. अर्चना थापा र महेश पौड्यलले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।

‘मनस्विनी’ पुरुष आकृतिको क्लीब पात्र गोविन्द र नारी पात्र मनस्विनीबीचको बेमेल विवाह र त्यसबाट उत्पन्न हुने मानसिक, सामाजिक तथा पारिवारिक जटिलताहरूमाथि केन्द्रित छ। उपन्यासले फरक लैङ्गिक स्वभाव भएका व्यक्तिहरूले भोग्नुपरेका समस्यालाई समाजको कठोर मूल्य–मान्यतासँग जोडेर प्रस्तुत गरेको छ।
कार्यक्रममा समालोचक डा. अर्चना थापाले उपन्यासले फरक लैङ्गिकताको संवेदनशील मुद्दालाई बहसको केन्द्रीय विषय बनाएको भन्दै प्रशंसा गर्नुभयाे । पुरुषप्रधान मूल्य–विधानले सिर्जना गरेको अन्याय र विभेदलाई चुनौती दिने यस्ता साहित्यिक कृतिहरू आवश्यक रहेको उहाँले बताउनुभयाे । समालोचक महेश पौड्यलले महिला तथा फरक लैङ्गिक पहिचान भएका व्यक्तिमाथि समाजले थोपरेका विभेदकारी मान्यताहरू पुनर्निर्माण गर्न आवश्यक रहेको भन्दै ‘मनस्विनी’ ले एउटा अर्थपूर्ण बहसको थालनी गरेको टिप्पणी गर्नुभयाे ।
उपन्यासकार सिग्देलले आफूले समाजमा देखे–भेटेका फरक लैङ्गिक स्वभावका व्यक्तिहरूको वास्तविक जीवन–अनुभूति र बेमेल विवाहले जन्माउने असहजतालाई केन्द्रमा राखेर उपन्यास रचना गरेको बताउनुभयाे। “सहज वैवाहिक सम्बन्धमा स्वाभाविक ठानिने यौन र प्रजननसम्बन्धी व्यवहार असहज सम्बन्धमा पीडाको मूल कारण बन्न सक्छन्; समाजलाई यही विषयतर्फ सचेत गराउनु नै उपन्यासको उद्देश्य हो,” सिग्देलले भन्नुभयाे ।

Advertisement Banner
Previous Post

बृहत् गजल महफिल २०८२ विराटचोकमा सम्पन्न

Next Post

Nepal Women’s National Football Team leaving for Indonesia

Editorial Team

Editorial Team

Next Post
Nepal Women’s National Football Team leaving for Indonesia

Nepal Women’s National Football Team leaving for Indonesia

Recommended

Ambassador of Nepal to India Dr. Shankar P. Sharma attended a virtual interaction with Nepali producers, entrepreneurs and exporters

Ambassador of Nepal to India Dr. Shankar P. Sharma attended a virtual interaction with Nepali producers, entrepreneurs and exporters

4 years ago
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Nepal: Budget spending for national pride projects remains slow in FY 2025/26

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.