Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

बृहत् गजल महफिल २०८२ विराटचोकमा सम्पन्न

Editorial Team by Editorial Team
November 23, 2025
in Literary Festival & Event, Nepal, News
0
बृहत् गजल महफिल २०८२ विराटचोकमा सम्पन्न
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । मोरङको विराटचोकमा बृहत् गजल महफिल २०८२ भव्य रूपमा सम्पन्न भएको छ। राइडर्स महफिलको आयोजनामा सुन्दरहरैँचा–९, मोरङस्थित बालबगैँचा मन्टेश्वरीमा आयोजित कार्यक्रममा महफिलको आठौँ शृङ्खला सम्पन्न गरिएको हो।

महफिलमा रोमु अधिकारी (सुनसरी), कृष्ण काश्यप (झापा) र सृष्टि सावित्रा (मोरङ) सहभागी रहनुभएकाे थियाे । तीन राउन्डमा प्रत्येक गजलकारले २, २ गरी ६, ६ गजल वाचन गर्नुभएकाे थियाे । रोमु अधिकारीले एक र सृष्टि सावित्राले दुई गजल तरन्नुममा प्रस्तुत गर्दै माहोललाई झनै काव्यमय बनाउनुभएकाे थियाे ।
प्रमुख अतिथि प्रा.डा. देवी नेपाल रहनुभएकाे यस कार्यक्रममा डा. दीपकप्रसाद न्यौपाने, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, गजलकार विवश बलिभद्र कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग सदस्य रामप्रसाद खरेल, बालबगैँचा मन्टेश्वरीकी प्रिन्सिपल गीता घिमिरे, सप्तक कला केन्द्रका प्रमुख देवराज ढकाललगायत व्यक्तित्वहरूको विशेष उपस्थिति थियो।

झापा, मोरङ र सुनसरीका स्रष्टा–कलाकारहरू तथा सुन्दरहरैँचाका विभिन्न सङ्घ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति कार्यक्रममा रहेकाे थियाे । बालबगैँचा मन्टेश्वरीका बालबालिकाको सांगीतिक प्रस्तुति तथा सप्तक कला केन्द्र सुन्दरहरैँचाकी निर्जला दाहाल, समीक्षा दाहाल, अनु पाण्डे र सोफिया विष्टले प्रस्तुत गर्नुभएकाे गीत–सङ्गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराईका अनुसार महफिलले पूर्वमा गजलका लागि छुट्टै पहिचान बनाएको छ । नयाँ तथा पुराना दुवै गजलकारलाई निरन्तर मञ्च प्रदान गर्दै आएको यस महफिलले पूर्वाञ्चलमा गजल परम्पराको समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।
राइडर्स महफिलका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नाट्यकर्मी तथा कवि भरत बर्बरिकले सञ्चालनकाे जिम्मेवारी सम्हाल्नुभएकाे थियाे।

Advertisement Banner
Previous Post

निर्वाचन प्रयोजनका लागि कांग्रेसले दल दर्ता गरायो

Next Post

साहित्यकार भुवनहरि सिग्देलको ‘मनस्विनी’ विमोचित

Editorial Team

Editorial Team

Next Post
साहित्यकार भुवनहरि सिग्देलको ‘मनस्विनी’ विमोचित

साहित्यकार भुवनहरि सिग्देलको ‘मनस्विनी’ विमोचित

Recommended

Eighth National Summit of Health and Population Scientists in Nepal begins today

Eighth National Summit of Health and Population Scientists in Nepal begins today

4 years ago
‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.