Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

Editorial Team by Editorial Team
November 26, 2025
in Business, Nepal, News
0
स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले ग्राहकको बढ्दो रुचि र मागलाई मध्यनजर गर्दै ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र लक्जरी सुविधाको उत्कृष्ट संयोजनका कारण यो एसयूभी नेपाली बजारमा नयाँ आकर्षण बन्ने कम्पनीको दाबी छ।

नयाँ सीआर–भीमा १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ, जसले शक्ति र पर्फर्मेन्स दुवैमा सन्तुलन प्रदान गर्छ। गाडीको इन्टेरियरलाई अत्यन्तै मनोज्ञ र उपयोगी बनाउन वेलकम सिट, फुल एलइडी लाइटदेखि पानोरामिक सनरुफसम्मका प्रिमियम फिचरहरू समावेश गरिएको छ।

चालक तथा यात्रुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै गाडीमा प्लाज्मा क्लस्टर एयर प्युरिफिकेसन सिस्टम जडान गरिएको छ। साथै, १० वटा एयरब्याग रहेको हुँदा यात्राको सुरक्षा स्तरलाई एकदमै उच्च बनाएको कम्पनीले जनाएको छ।

२१० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो एसयूभी कच्ची वा असमान बाटोमा समेत सहज सञ्चालन गर्न सकिने उत्कृष्ट विकल्पका रूपमा हेरिएको छ। यसको १०.२ इन्च टिएफटी टच डिस्प्ले, चालकको सुविधा बढाउने ड्राइभर मेमोरी सिट, र १२ वटा बोस प्रिमियम स्पिकर जस्ता विशेषताले गाडीलाई थप आकर्षक बनाएको छ।

सुरक्षाका हिसाबले पनि यो एसयूभी अत्याधुनिक छ। यसमा एडास लेभल २ समावेश गरिएको छ, जसले ड्राइभिङ अनुभवलाई सुरक्षित र स्मार्ट बनाउँछ। ७ सिटर क्षमता भएकोले ठूलो परिवारका लागि समेत यो उपयुक्त मानिएको छ। पर्फर्मेन्स, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपाली भू–भागमा ‘पर्फेक्ट राइड’ को रूपमा यसको अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार, ग्राहकलाई विश्वस्तरीय प्रविधि र सुविधा उपलब्ध गराउने लक्ष्यका साथ ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ मानक स्थापित गर्नेछ।

नयाँ मोडेल कालो, सेतो, निलो र सिल्भरगरी चार आकर्षक रङमा उपलब्ध छ। परीक्षण सवारी (टेस्ट राइड) लिन इच्छुक ग्राहकले ललितपुरको धोबिघाटस्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

 

Advertisement Banner
Previous Post

विश्वप्रकाशले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भनेपछि जीतजंग र कुन्दनको प्रतिवाद

Next Post

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

Editorial Team

Editorial Team

Next Post
विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

Recommended

कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा

कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा

9 months ago
Professor Glyn Davis AC appointed Interim Vice-Chancellor of the University of Melbourne

Professor Glyn Davis AC appointed Interim Vice-Chancellor of the University of Melbourne

7 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.