Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भूमि व्यवस्थापन तथा अभिलेख विभागले थप्यो घरजग्गा कारोबारको इजाजत पत्र लिने म्याद

Editorial Team by Editorial Team
December 1, 2025
in Nepal, News
0
भूमि व्यवस्थापन तथा अभिलेख विभागले थप्यो घरजग्गा कारोबारको इजाजत पत्र लिने म्याद
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ।विभागले यही मंसिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो। यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो।
घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो। विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रुपमा परिभाषित गरेको थियो।
एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो। घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ।
विभागले गत शुक्रबारदेखि लागू हुने गरी आवेदनको म्याद थप गरिएको जनाएको हो। विभागले पहिलो चरणमा ६ वटा महानगर र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ। यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो।
विभागका अनुसार गत कात्तिकमा घरजग्गा कारोबारबाट २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व संकलन भएको थियो। त्यसैगरी सेवा कर २१ करोड ३४ लाख ४७ हजार ४१३ रुपैयाँ, रजिष्ट्रेसन शुल्क १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ, पुँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ बराबर संकलन भएको थियो।

Advertisement Banner
Previous Post

जेनजी आन्दोलन पछि नेपाल प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो

Next Post

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

Editorial Team

Editorial Team

Next Post
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

Recommended

Kareena Kapoor Khan gives a glimpse of life on the move from Daayra sets, playfully teases Meghna Gulzar

Kareena Kapoor Khan gives a glimpse of life on the move from Daayra sets, playfully teases Meghna Gulzar

7 months ago
२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.