Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

Editorial Team by Editorial Team
December 1, 2025
in Nepal, News, Sports
0
यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ खेल्न आएका न्यूजिल्याण्डका अलराउण्डर जिम्मी निसम दुबई लागेका छन् । पोखरा एभेन्जर्समा आबद्ध भएका निसम ४ खेल खेलेर ‘अर्को वर्ष भेटौँला’ भन्दै दुबई लागेका हुन् ।पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका निसम आइसीसीको नियमका कारण जनकपुरबाट खेल्न पाएनन् । त्यसपछि उनलाई पोखराले एनपीएल सिजन-२ का लागि अनुबन्ध गर्‍यो । पोखराबाट पनि उनले सबै खेल खेल्न पाएनन् । ४ खेल खेलेर निसम ‘अर्को वर्ष भेटौंला’ भन्दै फर्किए । उनी मंगलबारबाट सुरु हुने इन्टरनेशनल लिग(आइएल) टी-२० खेल्न दुबई लागेका हुन् ।
निसमले पोखराबाट ४ खेलमा ठिकठाक प्रदर्शन गरे । उनले ब्याटिङमा एक अर्धशतकसहित ९९ रन बनाउँदा बलिङतर्फ ५ विकेट लिन सफल भए । पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ० रनमा आउट भएको जिसमले विकेट पनि लिन सकेनन् । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जिसमले शानदार प्रदर्शन गरे ।
उनले ब्याटिङतर्फ ४७ रन बनाए र बलिङतर्फ ३ विकेट हात पारे । तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ एक रन र बलिङमा एक विकेट लिए । चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध अविजित ५१ रनसँगै एक विकेट हात पारे । उनको प्रदर्शन ठिकठाक रहे पनि टोलीको प्रदर्शन सन्तोषजनक रहन सकेन । पोखराले ४ खेलमध्ये ३ खेलमा हार बेहोरेको छ ।
निसमसँगै लुम्बिनीमा अनुबन्ध भएका अफगानिस्तानका अलराउन्डर गुल्बदिन नैब पनि आइएल टी-२० खेल्न दुबई लागेका छन् । लुम्बिनीबाट ५ खेल खेलेका गुल्बदिनले ९० रन बनाउनुका साथै ५ विकेट लिए । लुम्बिनीले ५ मध्ये २ खेलमा मात्रै जित निकालेको छ ।

Advertisement Banner
Previous Post

कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

Next Post

१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

Editorial Team

Editorial Team

Next Post
१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

Recommended

WFP Nepal reports says an upward trend with sharp increase for prices of vegetables, fruits and edible oil in Nepal

WFP Nepal reports says an upward trend with sharp increase for prices of vegetables, fruits and edible oil in Nepal

4 years ago
फिल्म  ‘के घर के डेरा’ फेरि आउँदै  

फिल्म  ‘के घर के डेरा’ फेरि आउँदै  

4 years ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.