Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेस महाधिवेशन: को बन्ला देउबा को उत्तराधिकारी

Editorial Team by Editorial Team
December 3, 2025
in Nepal, News, Politics
0
कांग्रेस महाधिवेशन: को बन्ला देउबा को उत्तराधिकारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लामो रस्साकस्सीबीच नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १५औं महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ। प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कांग्रेस महाधिवेशन मिति आगामी २०८२ पुस २६, २७ र २८ गतेका लागि तय भएको छ।
तर, कांग्रेसका लागि महाधिवेशन मिति तय गर्नू निकै सकसपूर्ण रह्यो। गत असोज ३० यताका डेढ महिना अवधिमा कांग्रेस विशेष महाधिवेशन कि नियमित महाधिवेशन विवादमा रुमलियो।
वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो। कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ। तर, केन्द्रीय समितिले दुई महिना थप गर्ने निर्णय गर्दै पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको थियो।
सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारिको आक्रमणमा परी २४ भदौमा घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको र उपचारका क्रममा १२ टाका लगाइएको थियो।
त्यसपछि देउवाले असोज २८ गते केन्द्रीय कार्यालय पुगेर स्वास्थ्यलाई कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए। त्यसपछि उनी १० कार्तिकमा उपचारका लागि सिंगापुर पुगेका थिए।
खड्कालाई कार्यबहाक सभापतिको जिम्मेवारी दिँदै गर्दा देउवाले सक्रिय राजनीतिकबाट विश्राम लिने संकेत गरेका थिए। तर, देउवाको अनुपस्थितिमा पार्टीभित्रको मतभेद झन् चर्कियो। छताछुल्ल बन्यो।
देउवा उपचार सकेर २९ कार्तिकमा स्वदेश फर्किए। त्यसपछि उनी पार्टीभित्रको चुलिँदो विवादलाई समाधान गर्न सक्रिय बने। देउवाले महाधिवेशन गर्नु नै विवाद समाधानको उपयुक्त मार्ग हुने निष्कर्षसहित निकाले। यससँगै कांग्रेस महाधिवेशनको मिति तय भएको छ।
कांग्रेस महामन्त्रीद्वय गगन थामा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, गुरुराज घिमिरेलगायत मंसिरभित्रै महाधिवेशन हुनुपर्ने अडानमा थिए। तर, कांग्रेस उपसभापति धनराज गुरुङ, कार्यबहाक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, पूर्वउपसभापति बिमलेन्द्र निधिलगायत नेताहरू मंसिरअघि महाधिवेशनको पक्षमा थिएनन्।
यस्तो विवादबीच कतै पार्टी विभाजन हुन्छकि भन्ने डर देउवालाई थियो। उनी पार्टीको उत्तरार्ध राजनीतिमा दागिएर विश्रमा लिन चाहन्थेनन्। सबै परिस्थितिको आँकलन गर्दै देउवाले सबैलाई सहमतिमा ल्याउँदै महाधिवेशन कार्यतालिका अघि बढाएको कांग्रेस स्रोतले बताएको छ।
यसमा नेता शेखर कोइरालाले पनि मध्यस्थताका साथ व्यावहारिक भूमिका खेलेको बताइएको छ। कोइरालालाई विशेष महाधिवेशन प्रस्तावमा हस्ताक्षर गर्ने समूहले विशेष महाधिवेशनकै लागि नेतृत्व लिन आग्रह गर्दा उनले यस्तो गर्दा पार्टी फुट्ने जोखिम बढाउने र चुनावपछि महाधिवेशन गर्दा संगठन कमजोर हुने गर्दै नियमित महाधिवेशनको पहल गरेका थिए। उनको यस प्रस्तावमा संस्थापन पक्ष पनि चलिलो बनेको थियो।
तर, उता घिमिरेको नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए। उनीहरूले विशेष महाधिवेशन गर्न निरन्तर नेतृत्वलाई दवासमेत दिँदै आएका थिए।
देउवानिकट पदाधिकारी र बहुमत केन्द्रीय सदस्य वैशाखमै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिँदा २४ सदस्यले भने चुनावअघि नै महाधिवेशन गर्नु पर्ने मागसहित पार्टी कार्यालयमा हस्ताक्षर बुझाए थिए। यसले देउवालाई प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्न थप दवाव दिएको स्रोतले बताएको छ।
नेता रमेश लेखकले पनि नियमित महाधिवेशनको मिति तोक्न समन्वयकारी भूमिका निर्वाह गरेको बताइन्छ। लेखकले देउवालाई नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन रोक्न नसकिने सन्देश दिएका थिए। त्यसपछि देउवाले कन्भेन्स हुँदै पूर्वपदाधिकारीलाई बोलाएर तपाईंहरू महाधिवेशन गर्नुपर्छ भन्ने अडान लिएका थिए।
त्यही अडानका कारण चुनावअघि वा पछि भन्नेमा डेढ महिनादेखि अल्झिरहेको कांग्रेस महाधिवेशन मिति तयको विवाद सुल्झिएको हो। र, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने सम्बन्धी प्रस्तावलाई सोमबार बसेको केन्द्रीय समितिले सर्वसम्मत् पारित गरेको हो।
यससँगै कांग्रेस नेताहरू महाधिवेशनको तयारीमा जुटेका छन्। विभिन्न पदका आकांक्षीहरूले आफ्नो पक्षमा प्रतिनिधिलाई कसरी पार्न सकिएला भनेर अंकगणित गर्न थालेका छन्।
तर, यसमा पनि सभापति देउवाले आफ्नो उत्तराधिकारीको रुपमा कसलाई अगाडि सार्लान भन्ने आम चासोको विषय बनेको छ। कांग्रेसमा सभापतिका आकांक्षीको संख्या ठूलो छ।
नेता डा. शेखर कोइलाला, सशांक कोइला, बिमलेन्द्र निधि, पूर्णबहादुर खड्का, धनराज गुरुङ, प्रकाशमान सिंह, गगन थापालगायत थुप्रै नेता सभापतिका आकांक्षी छन्। तर, देउवा पत्नी आरजू राणा देउवालाई महामन्त्रीमा अगाडि सार्ने र अनुकूल पात्रलाई आफ्नो उत्तराधिकारिका रुपमा अगाडि सार्ने सम्भावना रहेको बताइन्छ।
यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण- मंसिर २० गतेभित्र
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि- मंसिर २४ गतेभित्र।
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि- पुस ८ गतेभित्र।
एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि- पुस १० गतेभित्र।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि- पुस ११ भित्र।
नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने- पुस १२ गतेभित्र।
क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि- पुस १४ गते।
केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि- पुस १४ गतेभित्र।
नेपाली जनसम्पर्क समितिको अधिवेशन- पुस १५ गते।
गाउँ/नगर वडा अधिवेशन- पुस १६ गते।
गाउँ/नगरपालिका अधिवेशन- पुस १७ गते।
प्रदेश सभा क्षेत्रीय अधिवेशन- पुस १९ गते।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २१ गते।
दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २२ गते।

प्रदेश अधिवेशन- पुस २३ र २४ गते।

केन्द्रीय महाधिवेशन- पुस २६, २७ र २८ गते काठमाडौंमा।

Advertisement Banner
Previous Post

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्छ: प्रचण्ड

Next Post

समावेशिता र सामाजिक न्यायप्रति निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

समावेशिता र सामाजिक न्यायप्रति निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

Recommended

Logitech’s MX Vertical Mouse Will Save You From RSI Desk Job Woes

4 years ago
47 Nepali tourism professionals awarded Chinese language certificates

47 Nepali tourism professionals awarded Chinese language certificates

4 months ago

Don't Miss

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

April 16, 2026
साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

April 16, 2026
पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

April 16, 2026
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

April 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.