शताब्दीपुरुष सत्यमोहन जोशीको श्रद्धाञ्जलीका लागि बनेको सस्थाहरुको एक्यवद्धतामा संलग्न सस्थाहरुका प्रतिनिधिहरुको हिजो २०७९ पुस २६ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा विशेष भेला सम्पन्न भयो । जोशीको श्रद्धाञ्जलीसभाका संयोजक राधेश्याम लेकालीको अध्यक्षता सम्पन्न सो भेलाले शताब्दीपुरुष सत्यमोहन जोशीको स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ । यसका लागि सात सदस्य समिति निर्माण गरेको छ । समितिको संयोजकमा नेपाली साहित्य मन्दिरका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सदस्य-सचिवमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कोषाध्यक्षमा नेपाली साहित्य संस्कृति समाजका महासचिव मुरारि सिग्देल रहनु भएको छ । यसैगरी सदस्यहरुमा क्रमशः बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, प्राडा. गोविन्दमान सिंह कार्की र सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल रहनु भएको छ । शताब्दीपुरुष सत्यमोहन जोशीको प्रकाशन गरिने स्मृतिग्रन्थको प्रधान सम्पादकमा श्रीओम श्रेष्ठ “रोदन”लाई मनोनयन गरिएको छ । समरण रहोस् शताब्दीपुरुष सत्यमोहन जोशीको देहावसानको समय ४३ ओटा सस्थाहरुले शोक वक्तव्य जारी गरेका थिए भने ३७ ओटा सस्थाहरुले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका थिए । भेलामा राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, हेम पाठक, श्रीओम श्रेष्ठ “रोदन”, प्राडा. गोविन्दमान सिंह कार्की, शंकर भारती, भीष्म उप्रेती, अश्विनी कोइराला, मुरारि सिग्देल, मन्जिला अनिल, निर्मलरमण पराजुली, उमेश पाण्डे, विजध्वज थापा, श्रीमान कार्की, कमला रिसाल, सुष्मा अंशु आदिको उपस्थिति रहेको थियो ।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.