Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News
0
करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अर्थतन्त्र दबाबमा रहेका बेला राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने ठूलो धनराशि बक्यौता र अदालती विवादमा फसेको छ । सरकारले उठाउने पर्ने राजस्व बक्यौता करिब ९५ अर्ब पुगेको हो ।
आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार ब्याज, थप दस्तुर, विलम्ब शुल्क समेत उठ्न बाँकी कुल बक्यौता रकम ९४ अर्ब ९५ करोड रुपैयाँ देखिन्छ । एक अर्ब ८० करोड १० लाख रुपैयाँ विवादमा फसेको छ ।
‘आव २०८१/८२ को अन्त सम्ममा आइपुग्दा लागेको ब्याज, थप दस्तुर, विलम्ब शुल्क समेत उठ्न बाँकी कुल बक्यौता रकम ९४ अर्ब ९५ करोड रहेको छ भने कर कार्यालयहरूबाट भएको कर निर्धारण उपर करदाताले चित्त नबुझाई आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्व ८० अर्ब १० करोड रहेको छ’, प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/८२ मा ४५०० करदाताको संकलन भ्रमण गर्ने लक्ष्य रहेकोमा ५०२५ प्रगति भई लक्ष्यको तुलनामा १११.६७ प्रतिशत प्रगति भएको छ । बक्यौता संकलन तर्फ आ.व.२०८१/८२ मा आयकर तर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकोमा ८ अर्ब ७१ करोड रुपैयाँ असुल भइ लक्ष्यको तुलनामा ३८.२९ प्रतिशत प्रगति भएको छ ।
मू.अ.कर तर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड असुल भइ लक्ष्यको तुलनामा ६३.२८ प्रतिशत प्रगति भएको छ । बक्यौता समायोजनतर्फ आयकर तर्फ २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड प्रगति भई लक्ष्यको तुलनामा ७८.१ प्रतिशत प्रगति भएको छ । मू।अ।कर तर्फ १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड प्रगति भइ लक्ष्यको तुलनामा १२२.६३ प्रतिशत प्रगति भएको छ ।
कानूनी कारबाही गरी असुल गर्ने कुल लक्ष्य ४ अर्ब ३९ करोड रहेकोमा १ अर्ब ७९ करोड असुली भइ लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति भएको छ ।
नेपालमा व्यवसाय, रोजगारी र लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयम् घोषणा गरी आय विवरण पेश गर्नु पर्ने व्यवस्था रहेको छ । आय विवरण बमोजिमको रकम तोकिएको समय भित्र दाखिला नगरेमा तथा कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा तथा अन्य कुनै कारणबाट आन्तरिक राजस्व कार्यालयबाट आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा साविकमा कर प्रशासनले कार्यान्वयन गर्ने करहरू प्रचलित कानून बमोजिम निर्धारण भई तोकिएको समय भित्र दाखिला नभएका रकम बक्यौता कायम रहन्छ ।

Advertisement Banner
Previous Post

गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

Next Post

फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

Editorial Team

Editorial Team

Next Post
फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

Recommended

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

3 weeks ago
UN rights chief appeals for $400 million as crises mount and funding shrinks

UN rights chief appeals for $400 million as crises mount and funding shrinks

2 months ago

Don't Miss

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

March 24, 2026
West Asia conflict enters day 25 amid military and diplomatic shifts

West Asia conflict enters day 25 amid military and diplomatic shifts

March 24, 2026
Second phase of petroleum pipeline expansion moves forward with Indo-Nepal cooperation

Nepal proposes gas pipeline, storage facility from Motihari to Sarlahi amid supply concerns

March 24, 2026
Nepali Congress Acting President Khadka calls emergency meeting of Nepali Congress CWC

Nepali Congress to hold 15th general convention from Sept 9

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.