Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

झापामा लेखापढी व्यवसायी आन्दोलित, हेल्प डेक्स राखेर भए पनि सेवा दिने मालपोत प्रमुखको भनाइ

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
झापामा लेखापढी व्यवसायी आन्दोलित, हेल्प डेक्स राखेर भए पनि सेवा दिने मालपोत प्रमुखको भनाइ
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर – नेपाल सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, भद्रपुर एकाइ समितिले भू–सेवा बन्द गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्ने निर्देशन दिएपछि झापास्थित मालपोत तथा नापी कार्यालयमा कडाइ गरिएको छ। यस कदमलाई व्यवसायीहरूले पेसागत अधिकारमाथि हस्तक्षेप भन्दै विरोध गरेका छन्।
समितिले सोमबार दिउँसो १२ बजेदेखि सेवा बन्दको घोषणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। अध्यक्ष निरोज पोखरेल र सचिव मुरारी न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखापढी व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी अनुमति प्राप्त गरी पेसा सञ्चालन गर्दै आएको उल्लेख छ।व्यवसायीहरूले राज्यका न्यायिक तथा अर्धन्यायिक निकायबाट पेसागत मर्यादाविपरीत व्यवहार भएको, अनावश्यक आरोप लगाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्। समस्याहरू समाधान नभएसम्म सम्पूर्ण लेखापढी व्यवसाय र भू–सेवा केन्द्रहरू बन्द गर्ने चेतावनी पनि दिइएको छ।
यसअघि सेवाग्राहीबाट ३००–५०० रुपैयाँ लिएर भू–सेवा दिँदै आएका व्यवसायीहरूले बुधबारदेखि पूर्णरूपमा सेवा बन्द गर्ने घोषणा गरेका छन्। यसले सेवाग्राही थप मारमा पर्ने देखिएको छ।यता मालपोत कार्यालय झापाका प्रमुख सुवास श्रेष्ठले सेवाग्राहीलाई सेवा प्रवाह निरन्तर गर्ने बताएका छन्। उनका अनुसार, ‘कार्यालय बाहिर भू–सेवा बन्द भए पनि कार्यालयभित्रै डेक्स स्थापना गरी कर्मचारी व्यवस्थापन गरेर सेवा दिन्छौं।’

Advertisement Banner
Previous Post

असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने

Next Post

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

Editorial Team

Editorial Team

Next Post
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

Recommended

कलाकार पल शाहलाई थुनामै राख्न आदेश

कलाकार पल शाहलाई थुनामै राख्न आदेश

4 years ago
Nepalgunj Customs collects Rs 9.346 billion in half a year

Nepalgunj Customs collects Rs 9.346 billion in half a year

7 months ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.