जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ  

    भक्तपुर, १७ भदौ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-११ क्वाछे बस्ने ४० बर्षीय दिपक तुल्सीब्याखोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको २०६३ माघ ८ गतेको फैसलाले ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराई दिने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरेको हो ।

उनले ६ वर्षीया बालिकालाई २०५४ मंसिर ८ गते जबरजस्ती करणी गरेको कसूरमा सर्वोच्च अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

 

Comments are closed.