Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरे शिष्टाचार भेट

Editorial Team by Editorial Team
December 9, 2025
in Nepal, News
0
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरे शिष्टाचार भेट
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला) मुनु महावरले मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भारतले गर्ने सहयोगबारे चर्चा गरिएको गृहमन्त्रालयले जनाएको छ। महावरले निर्वाचनका लागि आवश्यक स्रोत–साधन, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयमा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, विपद् पीडित संरचनाको पुनर्स्थापना तथा व्यवस्थापनमा सहयोग जारी रहने कुरा पनि महावरले स्पष्ट पारे। भैरहवामा निर्माण भइरहेको एकीकृत जाँच चौकी र नेपालमा भारतीय लगानीमा चलिरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न भारत सहयोग गर्ने उनले बताए। साथै, उनले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तोसमेत दिए।
भेटमा गृहमन्त्री अर्यालले दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम तीव्र बनाउन भारतसँग अनुरोध गरे। उनले सुशासन, कानुन कार्यान्वयन, सेवा प्रवाह, अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाममा दुवै देशका सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।साथै, उनले काभ्रेको पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको कार्य दुवै पक्षले छिटो अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

Advertisement Banner
Previous Post

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल

Next Post

आज राप्रपाको ‘बृहत् प्रदर्शन’ काठमाडौंमा सुरु

Editorial Team

Editorial Team

Next Post
आज राप्रपाको ‘बृहत् प्रदर्शन’ काठमाडौंमा सुरु

आज राप्रपाको ‘बृहत् प्रदर्शन’ काठमाडौंमा सुरु

Recommended

Ahead of BTS’ 9th anniversary, ARMY celebrates release of BTS’ new album Proof with 3 million Tweets in an hour

Ahead of BTS’ 9th anniversary, ARMY celebrates release of BTS’ new album Proof with 3 million Tweets in an hour

4 years ago
सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.