Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

Editorial Team by Editorial Team
March 29, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-पनौतीमा भएकाे ‘वसन्त काव्य गाेष्ठी’ अक्षरमार्गले तीन स्रष्टालाई सम्मान गरेकाे छ। अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन्।
यस वर्ष ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकांलाई, ‘श्रीराम जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको हो।
सम्मानित व्यक्तित्वहरूको योगदान, साहित्यिक यात्रा र समाजमा पुर्‍याएको प्रभावबारे कार्यक्रममा विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरेले पनौतीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व स्मरण गराउँदै कविता भाव अभिव्यक्ति मात्र नभई समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गरे। उनले महाभारत र रामायणका उदाहरण प्रस्तुत गर्दै “कविले के लेख्योभन्दा पनि कसरी लेख्यो भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ” भन्ने धारणा राखेका थिए।
साहित्यकार स्नेह सायमीले वसन्तलाई उमेरभन्दा विचारसँग जोड्दै ‘आशा’ कविता वाचन गरिन्। साहित्यकार लक्ष्मी मालीको ‘मेरी छोरी’ कविता वाचनसँगै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको कार्यक्रममा उनले साहित्यकाे प्रवर्द्वनका लागि वसन्त काव्य गाेष्ठी उल्लेखनीय कार्यक्रम भएको बताइन्।
कार्यक्रममा प्रस्तुत काव्य वाचनले समकालीन समाज, राजनीति, संस्कार, संस्कृति र व्यक्तिगत अनुभूतिका विविध आयाम उजागर गरेको थियो। रमेशजङ्ग थापाको ‘मौरी कमिला र जेन-जी’ ले पुस्तान्तरणको द्वन्द्व झल्कायो भने सुरेश सैंजुको ‘उत्साही’ ले जीवनप्रतिको सकारात्मक ऊर्जा व्यक्त गरेकाे थियाे। मोतिराज बमको ‘समयको रङ’ र वसन्त नकर्मीको ‘रातको प्रथम प्रहर’ ले समय र चेतनाको गहिरो विश्लेषण प्रस्तुत गरे।
रहेना नकर्मी (‘म को?’), शम्भुलाल श्रेष्ठ (‘देश त फुर्सद भए पो बनाउनु’), एलके सुन्दर (‘कुरा हारजीतको हैन’), दिनेशमान प्रधान (‘नसोध्नू’), पुरुषोत्तम ताम्राकार (‘मुलुक अब बन्छ रे’) र रजनी मिला (‘तिमीले आत्महत्या गर्नेछौ सरकार!’) का कविताहरूले सामाजिक यथार्थ, राजनीतिक विडम्बना र नागरिक चेतनालाई सशक्त ढङ्गले प्रस्तुत गरे।
त्यसैगरी ध्रुवकृष्ण ताम्राकार (‘सुनामीका अर्थहरू’), डा. राजेन्द्र कोजू (‘कमरेडलाई प्रश्न!’), हरिप्रसाद चौँलागाईंको भुजङ्गप्रयात छन्दमा रचित ‘सुरक्षा’, बिकुनारायण ताम्राकार (‘हाम्रो पनौती’) लगायतका रचनाहरूले स्थानीयता र वैश्विक सन्दर्भलाई जोड्ने प्रयास गरे।
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ (‘शान्ति हराएको देश’), विजयराम कर्माचार्य (‘देशको माया’ गीत), ध्रुवराज थापा (‘ए आगो खेलाउने मान्छे!’), राजेशमान केसी (‘हाम्रो संस्कृति’) र तुयुकाजी कर्माचार्य (‘बोका’) ले विविध शैलीमा समसामयिक सन्देश दिएका थिए।
कार्यक्रममा रामसुन्दर देउजाका ‘तीन मुक्तक’ ले छोटो संरचनाभित्रै जीवनका गहिरा सत्यहरू उजागर गरे भने रामकुमार पण्डितको ‘झोले’ ले समकालीन समाजको व्यङ्ग्यात्मक चित्र प्रस्तुत गरेकाे थियो।
भीमप्रसाद काफ्लेको ‘अनुभूतिका चार टुक्रा’ले टुक्राटुक्रा अनुभवहरूलाई एकै सूत्रमा गाँस्दै संवेदनाको बहुआयामिक रूप प्रस्तुत गरे। बिमला शर्माको ‘वसन्त छाइरहोस्’ ले आशा, पुनर्जागरण र सकारात्मक भावनाको सन्देश प्रवाह गर्यो। ब्रह्मप्रिय प्रेमस्वरूपको ‘अव्यक्त सत्य’ नाम संवाद कविताले अभिव्यक्त गर्न गाह्रो लाग्ने सत्यहरूलाई कलात्मक रूपमा उद्घाटन गरे।
त्यसैगरी सुभद्रा अधिकारीको ‘नयाँ पुस्ताको दैनिकी’ ले बदलिँदो समय, प्रविधि र पुस्तान्तरणबीचको जीवनशैली सजीव ढङ्गले चित्रण गर्यो भने सुभद्रा दाहालको ‘वसन्त आएको छ’ ले समग्र कार्यक्रमकै भावनात्मक सार बोकेर नयाँ आशा, ऊर्जा र परिवर्तनको संकेत दिँदै गोष्ठीलाई एक प्रकारको काव्यमय पूर्णता प्रदान गर्यो।
इन्द्रेश्वर क्याम्पसका प्रमुख श्रीकुमार सुवालले स्वागत मन्तव्य राख्दै साहित्य देशअनुकूल हुनुपर्ने र यस्ता कार्यक्रमहरूले सृजनशीलता अभिवृद्धि गर्ने बताए। क्याम्पसका अध्यक्ष तुयुकाजी ताम्राकारले कवि समयका द्रष्टा हुने उल्लेख गर्दै यस्ता गोष्ठीले समाजलाई दिशानिर्देश गर्ने धारणा राखे।
कार्यक्रमका संयोजक सूर्यप्रसाद लाकोेजुले कविताको शक्तिले विविध स्रष्टाहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए। उनले अक्षरमार्गले प्रकाशन कोष र सम्मान कोषमार्फत साहित्यिक गतिविधि निरन्तर अगाडि बढाउँदै आएको जानकारी गराए।
‘शब्दमा वसन्त, भावमा जीवन’ भन्ने सशक्त नारासहित सम्पन्न कार्यक्रमको सभापतित्व सूर्यप्रसाद लाकोजुले गरेका थिए भने सञ्चालन सुभद्रा अधिकारीले गरेकी थिइन्। इन्द्रेश्वर क्याम्पसको संयोजनमा सम्पन्न उक्त कार्यक्रमले पनौतीमा साहित्यिक वसन्तको लहरलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन्।

Advertisement Banner
Previous Post

Qatar and Ukraine SIGN defence cooperation agreement

Next Post

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

Editorial Team

Editorial Team

Next Post
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

Discussion about this post

Recommended

27th edition of Intersec concluded at Dubai World Trade Centre

27th edition of Intersec concluded at Dubai World Trade Centre

2 months ago
US President says, he will not use force to acquire Greenland; Also announces cancellation of planned tariff on US allies in Europe

US President says, he will not use force to acquire Greenland; Also announces cancellation of planned tariff on US allies in Europe

2 months ago

Don't Miss

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

March 29, 2026
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

March 29, 2026
अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

March 29, 2026
Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.