Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

Editorial Team by Editorial Team
March 29, 2026
in Awards, Literature, Nepal, News
0
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९०औँ जन्मजयन्तीको अवसरमा विभिन्न साहित्यिक पुरस्कार समर्पण गरिएको छ । वासु शशी स्मृति परिषदद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी वासु शशी स्रष्टा पुरस्कार २०८२ साहित्यकार जयदेव भट्टराईलाई तथा कृष्ण-सरस्वती साहित्य पुरस्कार २०८२ साहित्यकार हरि मञ्जुश्रीलाई समर्पण गरिएको परिषद्ले जनाएको छ ।
पुरस्कारहरूको राशि क्रमशः वासु शशी साहित्य पुरस्कारका लागि नगद २५ हजार रुपैयाँ, वासु शशी स्रष्टा पुरस्कारका लागि २१ हजार तथा कृष्ण-सरस्वती साहित्य पुरस्कारका लागि २५ हजार रुपैयाँ रहेको थियो ।
परिषद्का अध्यक्ष गीतकार कालीप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार तथा चलचित्र निर्देशक यादव खरेल प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति कवि डा. विष्णुविभु घिमिरे, परिषद्का सल्लाहकार राधेश्याम लेकाली तथा कृष्ण-सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशीलगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले वासु शशीसँगको सम्बन्ध स्मरण गर्दै उहाँलाई नम्र र अभिमानरहित व्यक्तित्वका रूपमा चित्रण गर्नुभयो । उहाँले वासु शशीका गद्य र पद्य दुवै विधामा थुप्रै कृतिहरू रहेको उल्लेख गर्दै ती कृतिहरू पुनः प्रकाशन गरी बजारमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले पुरस्कृत स्रष्टाहरूलाई बधाई दिँदै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सभापतिको आसनबाट बोल्दै कालीप्रसाद रिजालले वासु शशीको जीवनका अन्तिम क्षणहरूको स्मरण गर्दै उहाँ असाध्यै भद्र र प्रबुद्ध व्यक्तित्व भएको बताउनुभयो । उहाँले वासु शशीबाट प्रेरणा लिएर नयाँ पुस्ताले सृजनामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गर्दै उहाँहरूको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो । उहाँले वसन्त चौधरीले उद्योग व्यवसायसँगै साहित्य, गीत–सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभयो । चौधरीका २१ कृतिहरू प्रकाशित भइसकेका र केही कृतिहरू हिन्दी तथा अंग्रेजी भाषामा अनुवादसमेत भएको जानकारी दिनुभयो ।
त्यसैगरी जयदेव भट्टराईको साहित्यिक पत्रकारिता तथा नवलेखक प्रोत्साहनमा योगदान उल्लेखनीय रहेको तथा हरि मञ्जुश्रीका तीन दर्जनभन्दा बढी कृतिहरू र सयभन्दा बढी सम्पादित कृतिहरू प्रकाशित भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले मन्तव्य व्यक्त गर्दै वासु शशी तथा कवि कृष्ण जोशीका नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा गौरव लागेको बताए ।
परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्दै वासु शशी साहित्य पुरस्कार २०५७ सालदेखि सञ्चालनमा रहेको र वासु शशी स्रष्टा पुरस्कार यसै वर्षदेखि सुरु गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वासु शशी तथा कृष्ण जोशीको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन कवि ठाकुर बेलवासेले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

Next Post

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

Editorial Team

Editorial Team

Next Post
नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

Recommended

“रात्री आकाश” गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न 

“रात्री आकाश” गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न 

9 months ago

Standing with Ukraine: Commission announces new aid worth €200 million for displaced people

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.