Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि

Editorial Team by Editorial Team
June 18, 2022
in Entertainment
0
नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ, सन् २०१७ देखि गैर–नाफामूलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ । यही निरन्तरा अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव–२०२२ यही जुन महिनाको २३ देखि २६ सम्म आयोजना हुने भएको छ।

भौतिक र अनलाइनमार्फत हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।

जुन २३ तारिखमा पुरानो ग्रीन्बेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्करा’को प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिखको साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ पनि भौतिक रुपमै सोही थियटरमा प्रदर्शन हुनेछ।

भौतिक प्रदर्शनीबाहेक महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत् चलचित्रहरू हेर्न सकिनेछ। विगतका वर्षजस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन् भने स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न डीएमभी ९डी, मेरिल्याण्ड र भर्जिनिया, क्लोजअप प्रदर्शन गरिने छ ।

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिभलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने भएको छ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिने जनाइएको छ।

चलचित्र महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ। निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरूको पुरस्कार घोषणा गर्नेछन्। नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब निर्णायकका रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

 

 

Advertisement Banner
Previous Post

मिस नेपाल २०२२को ताज प्रियंका जोशीले जितिन

Next Post

पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं। ३११’ को मञ्चन सुरु

Editorial Team

Editorial Team

Next Post
पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं। ३११’ को मञ्चन सुरु

पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं। ३११’ को मञ्चन सुरु

Recommended

President Mrs. Bidya Devi Bhandari addressed the Annual Conference of the Boao Forum for Asia 2022

President, Vice President, PM Deuba extend greetings on the occasion of Bakar Eid

4 years ago
Singapore urges restraint, dialogue amid Thai-Cambodian border clashes

Singapore urges restraint, dialogue amid Thai-Cambodian border clashes

5 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.