Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं। ३११’ को मञ्चन सुरु

Editorial Team by Editorial Team
June 18, 2022
in Entertainment, Nepal
0
पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं। ३११’ को मञ्चन सुरु
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

अषाढ,३ पर्वतः नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार तीन गते शुक्रवारदेखि पोखरामा रहेको गन्धर्व नाटक घरमा मञ्चन गर्न लागिएको हो।
असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच चार र ब्याच पाँचका प्रशिक्षार्थीले गरेका छन्।

सहजकर्ताको रूपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउँदै छन्। नाटक बुधवार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन हुने तथा शनिवार र आइतबार दिउँसो एक बजे समेत नाटक हेर्न पाइने छ। नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशील बरालले गरेका छन्।

नाटकमा न्यायाधीशको भूमिकामा झलक थापा, इजलास अधिकृतको भूमिकामा सुशील बराल र मनीसा के।सी, सरकारी वकिलको भूमिकामा अदित भुजेल र निजी वकिलको भूमिकामा एलिसा भोगले अभिनय गर्ने छन्। यसै गरी कार्यालय सहयोगीको भूमिकामा गोपाल भुसाल, शिखाको भूमिकामा अनामिका रिजाल, जीवनको भूमिकामा प्रतीक राउत, रत्नाको भूमिकामा प्रतिभा रिमाल, छिमेकीको भूमिकामा पाल्मती थापा, प्रहरीको भूमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा

मनोचिकित्सकको भूमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ। नाटकलाई ड्रामाटर्जी गर्न अधिवक्ता एवं लेखक दीपक पराजुलीले साथ दिएका छन्।् ।

हिंसाले पीडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकहरूको भनाई छ। नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उनीहरू बताउँछन्। पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट यो नाटक तयार पारिएको हो।

तीन महिना लामो अभिनय प्रशिक्षण पश्चात नाटक तयार हुन लागेको तथा नाटकले गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठान गरेको कारण दर्शकको माया पाउने सहजकर्ता एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनको विश्वास छ । नाटकमा १९ वर्षीय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढंगले प्रस्तुत गरिनेछ ।

पोखरा थिएटरले स्थापना कालदेखि विभिन्न प्रशिक्षण कार्यक्रम गर्दे आएको छ। हरेक वर्ष ब्याच कक्षाको नाममा तीन महिने अभिनय प्रशिक्षण कार्यक्रम हुने गरेको छ। यो प्रशिक्षण पाँचौँ ब्याचसम्म आइसकेको छ भने यी प्रशिक्षण कार्यक्रममा सहभागी बनेका धेरै जना नेपाली रंगमञ्चमा क्रियाशिल छन्। चौथो र पाँचौँ ब्याचको समायोजन गरेर यो नाटक तयार पारिएको हो।पोखरा थिएटरको प्रस्तुतिमा आउँदो साउनको दोस्रो सातादेखि कक्षा नौ को पाठ्यक्रममा समावेश ‘भविष्य निर्माण’ कथामा आधारित नाटक मञ्चन गर्ने समेत तय भएको थिएटरले जनाएको छ ।

 

 

Advertisement Banner
Previous Post

नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि

Next Post

अग्नीपथ’योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

Editorial Team

Editorial Team

Next Post
अग्नीपथ’योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

अग्नीपथ’योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

Recommended

Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Nepal Supreme Court orders Chief Minister Yadav to seek vote of confidence within 24 hours

9 months ago
Nepal Telecom scraps disputed Rs 5 billion billing system tender

Nepal Telecom launches online KYC portal for SIM owners

7 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.