पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार -२०७९को घोषणा पुरस्कारपुष्पपराग वर्ष सम्मान तथा पुरस्कार साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिने ! पुष्पपराग साहित्य प्रतिष्ठानले यस वर्षको पुष्पपराग वर्ष सम्मान, सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ। छनौट समिति´को सिफारिसमा डा. प्रदीप कुमार मैनालीको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले अन्तिम निर्णय गरि उक्त पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको हो। पुरस्कार छनोट समितिले पुरस्कृत तथा सम्मानित हुने ब्यक्तित्वहरू छनौट गर्दा गैर राजनीतिक, निर्विबादित, निस्पक्ष र स्थापित सर्जकहरुको राय सल्लाह लिएको थियो । पुरस्कृत तथा सम्मानित ब्यक्तिहरूकाे छनौट गर्दा विभिन्न तह पार गरिएको र पुरस्कार सम्बन्धि प्रतिष्ठानको कार्यविधि पूर्ण रूपमा पालना गरिएको पुरस्कार छनौट समितिका संयोजक पदम दाहालले बताउनु भयो । छनौट प्रक्रियामा जसको अंक भार बढी आएको हो क्रमशः उहाँहरुलाई नै प्रथम, दोश्रो र तृतीय स्थानमा छनौट समितिले सिफारिस गरिएकोमा प्रथम स्थानमा सिफारिस हुनु भएका सर्जकलाई पुरस्कृत तथा सम्मान गरिने निर्णय प्रतिष्ठानको कार्यसमितिले पारित गरेको हो। पुरस्कार, सम्मानपत्र र मानार्थ सदस्य प्राप्त गर्नुहुने साहित्यकारहरु र पुरस्कार विवरण यस प्रकार रहेको छ। १. पुष्पपराग बर्ष सम्मान तथा पुरस्कार`२०७९´- रुपैयाँ १०,००० (-रत्न प्रजापती ) २. नील-गङ्गगा भाषा साहित्य पुरस्कार तथा सम्मान `२०७९´ -रुपैयाँ १०,००० (शरदचन्द्र वस्ती ) ३. तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान `२०७९´-रुपैयाँ ५,००० (-शोभा दुलाल) ४. पद्मावती गीत, संगीत पुरस्कार तथा सम्मान`२०७९´- रुपैयाँ १०,००० (- हरिदेवी कोइराला) ५. शुक्रमन्दिर लोक साहित्य पुरस्कार तथा सम्मान `२०७९´-रुपैयाँ १०,००० (-सत्यकला राई ) ६. कृष्णलाल/गोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान `२०७९´-रुपैयाँ ५,००० (-छेवाङ्ग तेन्जिङ लामा ) ७. परममाया कृष्ण प्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान `२०७९´-रुपैयाँ १०,००० (-खेमनाथ दाहाल ) ८. पुष्पपराग युवा साहित्यकार सम्मान `२०७९´ – (-डिल्लीप्रसाद मुल्तिहुन ) साहित्यमा योगदान गरेवापद प्रत्येक वर्ष एक जना ब्यक्तिलाई मात्र दिइने मानार्थ सदस्य भने यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कार, सम्मानपत्र तथा सदस्यता प्रतिष्ठानको बार्षिकोत्सव कार्यक्रम २०७९-चैत्र ,२५ गते भब्य समारोहका बीच प्रदान गरिने संस्थाका सचीव टी.एन. भट्ट “विश्वामित्रले बताउनु भयो ।
Trending Now
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
Comments are closed.