रामगीता वाङ्मय मन्दिर कोषको स्थापना, चार पुरस्कार घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) संग आबद्ध रहेर लामो समय देखि नेपाली साहित्यमा क्रियाशील साहित्यकार गीता खत्री तथा उनका श्रीमान राम खत्रीद्वारा “श्री रामगीता वाङ्मय मन्दिर” कोषको स्थापना गरेका छन् ।

आफ्ना ३९औं बैबाहिक वर्षगाँठको अवसर पारेर नेपाली साहित्य र नेपाली समुदायमा योगदान पुऱ्याउने सर्जक/अभियन्ताहरुलाई पुरस्कृत गर्ने हेतुले यसै नयाँ वर्ष २०८० को बैशाख १० गते उक्त वाङ्मय मन्दिर मार्फत चारवटा छुट्टाछुट्टै पुरस्कार घोषणाको निर्णय एवं स्थापना गरिएको हो ।

राम खत्री संरक्षक रहेको यस वाङ्मय मन्दिर कोषले स्थापना गरेका पुरस्कारहरुमा “प्रतिक ढकाल-लक्ष्मी सर्वोत्तम पुरस्कार”; “अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार”; “नई रामगीता अन्तरराष्ट्रिय पुरस्कार”; र “राम खत्री-गीता विशिष्ट नागरिक सम्मान” स्थापना गरिएको छ, र प्रत्येक पुरस्कारको राशि रकम रु. ५०,०००/- रहेको छ ।

खत्री दम्पती साहित्य पुस्तक प्रकाशन गरेर होस् वा गीति एल्बम रेकर्ड गराएर होस्, वा लघु चलचित्र/म्युजिक भिडीयो निर्माण गरेर होस् वा नाटक प्रदर्शन गरेर होस्, कुनै न कुनै रुपमा अविच्छिन्न रुपले नेपाली साहित्यको श्रीवृद्धिमा सक्रिय रहेका छन् ।

Comments are closed.