जोगिनु जीवन हो
मासिनु मृत्यु
जन्म–मृत्युका दुई किनाराबीच
जीवन बगिरहेको छ
हरेक पलसँग सम्झौता गर्दै
परिस्थितिलाई पछार्दै
आफू पछारिँदै
उठ्दै, खस्दै
जिन्दगी बाँचिरहेछ समयको दयामा
उँभो लाग्न बल चाहिन्छ
खस्नलाई चाहिँदो रहेनछ सहयोग कसैको
आकाशमा जून–तारा हुन्छन्
आ–आफ्नैसंसारभित्र
आ–आफ्नै व्यथाहरूबीच
कसैलाई झर्न नपाउने व्यथा
कसैलाई झर्नुपर्ने नियत
कस्तो विडम्बनापूर्ण जिन्दगी
अनुहारमा आँखाहरू हुनु अपरिहार्यझैँ
प्रत्येक छातीभित्र
एउटा अनिवार्य मुटु पनि हुन्छ
ढुङ्गैढुङ्गाद्वारा निर्मित पहाड मात्र हुन सक्छ
मान्छे ढुङ्गा हो, न पहाड
नाटक गर्दैमा कोही पनि पहाड हुन सक्दैन
पानी–पानी छ समुद्रभरि
समुद्र डुब्दैन किन कहिल्यै पनि
तापैताप छ सूर्यभरि
किन सूर्य डढ्दैन कहिल्यै
जिन्दगीदेखि सायद भागिरहेछ जिन्दगी
घटनाहरूको तालमा डुबुल्किँदै
दुर्घटनाका छालहरूलाई छल्दै
हूलका हूल मृत्युहरू दौडिरहेको सडकमा
साङ्केतिक बन्दी भएर बाँचिरहेछ जिन्दगी
पाइतालाले कति डोबहरू छोडिसकेर पनि
रित्तिँदैन पाइतालाहरू
रित्तिने दुर्भाग्य मान्छेले मात्र बोक्नुपर्ने हुन्छ
पानीको थोपा पानीमै बिलाएजस्तै
मान्छेको हूलमा मान्छे डराइरहेछ
कसले खोज्ने कसलाई
स्वयम् आफू हराएको ठाउँमा
आफ्नै पहिचान भत्केको गाउँमा
?… ।
Trending Now
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
- स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने
- सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
- अर्यालको ‘ए मायालु’ सार्वजनिक
Comments are closed.