जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, १ असोज
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर
गाउँपालिका घर भई भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई
बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले ती बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने
क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ
प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.