पेस्तोल र गोली सहित सन्तोस सलामी पक्राउ

२०७९-०५-३१

रूपन्देही, बुटवल उपमहानगरपालिका-९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्ड सहित बाग्लुङ दगाटुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय  सन्तोस सलामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलको १०४ नम्बरको कोठामा सन्तोस बिहीबार बेलुकीदेखि शंकास्पद अवस्थामा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.