भरूवा बन्दुकसहित एक जना पक्राउ      

नुवाकोट, ७ चैत    

            किस्पाङ गाउँपालिका-२ गोकर्ण बस्ने ३८ वर्षीय सन्त बहादुर तामाङलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.