Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारेर मनाइँदै

himalaya Diary News Service by himalaya Diary News Service
July 10, 2022
in Feature, Global News, Kathmandu, Nepal, World
0
आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारेर मनाइँदै
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 

वैदिक सनातन हिन्दु पात्रो पञ्चाङु अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा विभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।

वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन गरिएको छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी एवं भगवान विष्णुले शयन गर्ने चार महिनालाई चतुर्मासा भनिन्छ ।

हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रुपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागि क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ । यस एकादशीमा सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाईन्छ । यस एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । ुभविष्योक्तराु पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।

चलिआएको प्राचिन किम्वदन्तिका अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे तर लगातारको तिन बर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो, नदि(नाला सुक्न थालेका थिए र रुख विरुवाहरुले हरियाली गुमाइसकेका थिए । राजाको अपराधका कारणले गर्दा राज्यले र नागरिकले समस्या भोग्दछन भन्ने मान्यता रहेकाले राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले बर्षाका देवता भगवान नारायण आफूसँग रिसाउनुभएको ठानेर जति गर्दा पनि उनि आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एकदिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रुपमा हरिशयनी एकादशीकोे महिमाका बारेमा थाहा पाँउछन् र यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात्त राज्यमा वर्षा भएको जनविश्वास रहेको छ ।

 

बिष्णु भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल कार्यहरुजस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् । बिष्णु भगवान त्यसपछिमात्र क्षीर सागरबाट उठ्नुहुने मान्यता छ ।

एक वर्षमा २४ एकादशी पर्छन । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्।् नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

Advertisement Banner
Previous Post

आज बकर ईद -इदुल जोहा_ मनाइँदै

Next Post

Physicists see electron whirlpools for the first time

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Physicists see electron whirlpools for the first time

Physicists see electron whirlpools for the first time

Recommended

G20: FAO says global threats to agrifood systems need complex approach

Consumer inflation in Nepal remained within the central bank’s target range

9 months ago
वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.