Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

आज बकर ईद -इदुल जोहा_ मनाइँदै

himalaya Diary News Service by himalaya Diary News Service
July 10, 2022
in Feature, Global News, Nepal
0
आज बकर ईद -इदुल जोहा_ मनाइँदै
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।  नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

मुस्लिम धर्म गुरु –मौलाना_ रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्। जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए। ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय ९मदरसा० मा अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ’, उनले भने ।

 

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।

 

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो। जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ। यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए। अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो। सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन्। अन्तिममा  आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए। यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान –बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ ।

मुस्लिम धर्मावलम्बीले मंगलबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

Advertisement Banner
Previous Post

United States Announces Additional Humanitarian Assistance to Ukraine

Next Post

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारेर मनाइँदै

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारेर मनाइँदै

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारेर मनाइँदै

Recommended

Powerful winter storm hits US; warnings of heavy snow and dangerous blizzard conditions issued

Powerful winter storm hits US; warnings of heavy snow and dangerous blizzard conditions issued

6 months ago
Ukraine to spend €90bn on military needs, EU announces

Ukraine to spend €90bn on military needs, EU announces

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.