चार प्रतिभालाई पारिजात पुरस्कार दिइने

काठमाडाैं, । पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ९१ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

प्रगतिवादी समालोचक निनु चापागाईं प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा वि.सं. २०८० का लागि स्मृति केन्द्रले समर्पण गर्दै आएका विभिन्न सम्मान एवम् पुरस्कारहरूको घोषणा गरिएको थियो । जसअनुसार पारिजात बालसाहित्य सम्मान – २०८० बाट बालसाहित्यकार प्रा. डा. धुर्व घिमिरेलाई, पारिजात कला सम्मान – २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान – २०८० बाट कवि शोभा दुलाललाई, पारिजात संघर्षशील नारी सम्मान – २०८० बाट संघर्षशील नारी सम्मान निर्मलादेवी साहलाई समर्पण गर्ने निर्णय गरिएको जानकारी गराइएको थियो ।

पारिजातको प्रतिमामा माल्यार्पण गरेपश्चात सुरू गरिएको कार्यक्रममा प्रगतिवादी समालोचक निनु चापागाईंसँग करिव दुई घण्टा पारिजात परिसंवाद सञ्चालन गरिएको थियो । पारिजातका जीवन र सिर्जनाका विविध आयामहरूबारे छलफल गरिएको उक्त कार्यक्रममा रामेश, डा. रजनी ढकाल, प्रदीप बमजन, विना थिङ लगायतले जिज्ञासा राख्नु भएको थियो । परिसंवादको सहजीकरण पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले गर्नुभएको थियो ।

घोषित सम्मान एवम पुरस्कारहरु वि.सं. २०८१ साल वैशाख ५ गते पारिजात स्मृति दिवसमा समर्पण गरिने जानकारी उक्त कार्यक्रममा केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गराउनुभएको थियो ।

उक्त कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

०००

Comments are closed.