नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
भक्तपुरको तेखापुखुमा आयोजित एक कार्यक्रममा प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सर्जक र संस्थालाई पुरस्कृत गरेको हो ।
साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै साहित्यकार ध्रुव मधिकर्मीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, अध्यात्म क्षेत्रमा योगदान गरेवापत डा. भूचन्द्र बैद्यलाई नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार र शैक्षिक क्षेत्रमा योगदान गरेवापत मेधा माध्यमिक विद्यालयलाई सिद्धिराज विद्याकुमारी देवकुमारी शैक्षिक पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कृत सर्जक र स्रष्टालाई प्रमुख अतिथि एवं प्राज्ञ दिनेशराज पन्तले प्रमाणपत्र र संस्थाका अध्यक्ष नारायणराज पाण्डेले नगद राशि पचीस हजार र उपहार प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले राष्ट्र र समाजका लागि योगदान गर्ने स्रष्टा र संस्थाको सम्मान गर्नु मननीय कार्य भएको बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै नारायणराज पाण्डेले प्रत्येक वर्ष फरक फरक स्थानका प्रतिभालाई प्रतिष्ठानले पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत सर्जकहरुका साथै उत्तम नारायण मल्ल, प्रतिष्ठानका सदस्य सुनीता पाण्डे र मुकुन्द शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.