नेपाल स्रष्टा समाजले प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेवापत उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको समाजको बैठकले उक्त निर्णय गरेको हो ।
कवि मनोज भण्डारी नेपाल संस्कृत विश्व विद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता पनि हुुन् । सपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरत छन् ।
छन्द कवितामा उत्कृष्ट देखिएका भण्डारीका “ईश्वरलाई चिठी” कवितासङ्ग्रह प्रकाशित छ ।
उक्त सम्मान नेपाल स्रष्टा समाजको १८ औं स्थापना दिवसको दिन पुष १६ गते काठमाडौंमा विशेष कार्यक्रम गरी कवि भण्डारीलाई अर्पण गरिने समाजका अध्यक्ष रोदनले जानकारी दिए ।
सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख्य योगदान पुर्याएका ४० वर्ष ननाघेका नेपाली सर्जकलाई प्रदान गर्दै आइएको उक्त सम्मानका संस्थापक चेतनाथ कणेल हरित र सीता भण्डारी कणेल हुन् ।
यो सम्मानको स्थापना २०७४ सालमा भएको हो । यस सम्मानबाट हालसम्म डा. रमेश शुभेच्छु(२०७५), महेश पौडेल(२०७६), अनुपम रोशी(२०७७), मिलन समीर (२०७८), नवराज पराजुली(२०७९) र देबु लुइँटेल(२०८०) प्राप्त गरिसकेको समाजका अध्यक्ष रोदनले बताए ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.