वरिष्ठ रङ्गकर्मी हरिहर शर्मालाई अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार

काठमाडौँ । रामगीता वाङ्मय मन्दिर, नेपाल-अमेरिकाले प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ ।
२०८० सालको अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार नेपाली रंगमंच र समग्र नाट्यक्षेत्रको विकासमा अग्रणी भूमिका खेल्ने वरिष्ठ रङ्गकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गर्ने निणर्य गरिएको विज्ञप्तिमा उल्लेख छ । यस पुरस्कारमा पनि ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।
पुरस्कार आगामी वैशाख ८ गते एक विशेष समारोहबीच काठमाडौँमा अर्पण गरिने विश्वस्त सूत्रले जानकारी दिएको छ । यी यो पुरस्कार स्थापनापछि पहिलो पटक समर्पण गर्न लागिएका हुन् ।

Comments are closed.