Trending Now

पवन आलोक नियात्रा पुरस्कार ‘मिसर’ लाई

नियात्रा समाज नेपालले वि.सं.२०७९को पवन आलोक नियात्रा पुरस्कार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई प्रदान गर्ने भएको छ । समाजका अध्यक्ष प्रतीक ढकालको संयोजनमा संस्थापक पवन आलोक र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को छनोट समितिले उक्त निर्णय गरेको हो । नियात्राकार पवन आलोकको नाममा उहाँकी धर्मपत्नी रेखा कँडेलले स्थापना गर्नुभएको यस पुरस्कारको राशि सम्मानपत्रसहित रु २५०००।–को रहेको छ । उक्त पुरस्कार आगामी २०८० फागुन २ गते श्रीपञ्चमीका दिन अर्पण गरिने छ । यस पुरस्कारबाट नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ र भीष्म उप्रेती यसअघि नै सम्मानित भइसक्नुभएको छ ।

Comments are closed.