हेम सरिता पाठक फाउन्डेसन’ले एक लाख राशिको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१” को लागि आयोजित भ्रष्टाचार “विरुद्धको गीत प्रतियोगिता” को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि “जनतालाई रुवायो”लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले प्रेषित गर्नु भएको पत्रमा उल्लेख गरिएको छ ।
अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक फाउन्डेसनले सो पुरस्कारको स्थापना गरेको हो ।
सर्जक एवं पत्रकार गोपालप्रसाद थपलियाको शब्द र चर्चित गायक एवं सङ्गीतकार शिशिर योगीको सङ्गीत तथा स्वरमा रहेको “जनतालाई रुवायो” गीत छनौटको लागि वरिष्ठ सङ्गीतकर्मी प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिको सिफारिसमा सो गीतलाई पुरस्कार प्रदान गरिने भएको हो ।
वि. स. २००६ असोज १५ गते दोलखाको सुष्पा क्षमावतीमा जन्मिनु भएका गीत सर्जक थपलियाको भ्रष्टाचारका ४ र देशभक्तिका ७ गीत यसअघि रेकर्ड भइसकेका छन् भने मुक्तक, कविता, गीत, कथा र निबन्धका ५ कृति प्रकाशित रहेका छन् । स्वतन्त्र सेनानी थपलियाले यसअघि प्रेस स्वतन्त्रता सेनानी, भीष्म पितामहको सम्मान लगायत सर्वोत्कृष्ट गीतकारको लागि हिमालयन इन्टरनेसनल अवार्ड समेत पाइसक्नु भएको छ ।
यसैगरी वि. स. २०२७ फागुन २६ गते दाङको देउखुरी, लमही ६ मा जन्मिनु भएका सङ्गीतकार योगीको पहिचान, सुस्केरा, जम्काभेट, आकर्षण, मोडमोडमा लगायत गीति एल्बमसहित ५०० गीतहरू रेकर्डिङ भइसकेको छ । जसमध्ये योगीको १ दर्जनबढी भ्रष्टाचार विरुद्धका गीतहरू रहेका छन् । सङ्गीतकार योगीले छिन्नलता गीत पुरस्कार, नारायण गोपाल युवा सङ्गीत पुरस्कार, रमेश विकल सम्मान लगायतबाट सम्मानित भइसक्नु भएको छ ।
पुरस्कार निकट भविष्यमै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.