काठमाडौं, असार ९ गते, शनिवार । नेपाल स्रष्टा समाजले २०८० सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ भने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता श्री चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गर्ने गरिन्छ । सो सम्मान यही असार २२ गते योगमाया दिवसका दिन प्रदान गरिने छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक साहित्यकार पवन आलोक हुनुहुन्छ भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपाने तथा परिवार हुनुहुन्छ ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.