साहित्यकार माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ ।
सुदूर पश्चिमान्चल साहित्य समाज धनगढीद्वारा सञ्चालित साे पुरस्कार छन्दाेबध्द कविताकाे पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा याेगदान दिए बापत प्रदान गर्न लागिएकाे हाे । घाेषणा अनुसार समाजद्वारा अन्य स्रष्टाहरू पनि सम्मानित हुने भएका छन् । छन्द बचाऊँ अभियानका नायक तथा महाकाव्य लेखन अभियानका समेत अभियन्ता रहेका उनले डेढ दर्जन पुरस्कार प्राप्त गरी सकेका छन् । छन्दनायक वियाेगी विगत दिनमा धनगढीमा रहेर प्राध्यापन पेशामा संलग्न भई छन्दका कार्यक्रम सञ्चालन गरेका थिए । पाेखरेली स्रष्टा वियाेगी यसअघि धनगढीबाटै जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट विभूषित भएका थिए । छन्द विश्वविद्यालय स्थापनार्थ हाल सक्रिय रहेका वियाेगीका ८ महाकाव्यसहित् ३४ कृति प्रकाशित छन् । उनी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख पनि हुन् ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.