काठमाडौं, चैत ९ गते । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित गरिने भएको छ ।
यसैगरी नेपाली रङ्गमञ्च तथा चलचित्र कलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो ।
यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ छ । साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो ।
नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारबाट सम्मानित गरिनेछ । वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.